IME Life

प्रिमियर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ७९ करोड ५४ लाख

SPIL
NIC ASIA

प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा ७९ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छ । गत आको सोही अवधिको तुलनामा यो रकम २.६५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ७७ करोड ४८ लाख ६६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आवकोे दोस्रो त्रैमासको अवधिमा कम्पनीले १ लाख ३ हजार १ सय २१ बीमालेखहरु जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९४ हजार ४ सय ४७ बीमालेख जारी गरेको छ । यस्तै, कम्पनीले ३ हजार ३२ दाबी वापत ५४ करोड ८६ लाख ८८ हजार रुपैयाँ कूल दाबी भुक्तानी गरेको छ । भने ३ हजार ७ सय २२ दाबी वापत ९६ करोड ९७ लाख २६ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

Prabhu
Crest

गत आवको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले आफ्नो खुद नाफा ८.८० प्रतिशतले मात्र बढाएको छ । गत आवको यसै अवधिमा ५ करोड ४१ लाख खुद नाफा कमाएको यस कम्पनीले हाल ५ करोड ८८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको हो ।

५८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको बीमा कोषमा ४३ करोड १ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ १६ पैसा रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ २ सय ८३ रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS