Prabhu Life Ad Final

प्रुडेन्सियलको खुद नाफामा ८.८० प्रतिशतको वृद्धि

IME PAY

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा ६ करोड ८३ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.८० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड २८ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

NCHL

प्रुडेन्सियल इन्स्योरेनस कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा ६४ करोड ८८ लाख ४८ हजार कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा ५.२० प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ६८ करोड ४५ लाख ५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ६७ हजार २ सय १७ वटा बीमालेखहरु जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६४ हजार ९ सय ९ वटा बीमालेख जारी गरेको थियो । यस्तै, कम्पनीले २ हजार ४ सय ७३ दाबी वापत ३५ करोड १२ लाख रुपैयाँ कूल भुक्तानी गरेको छ । भने ३ हजार २ सय ९० दाबी वापत ८४ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

यस्तै कम्पनीले जगेडा कोष १६ करोड ६५ लाखबाट २१ करोड ११ लाखमा र बीमा कोष ३८ करोड ५७ लाखबाट ४३ करोड ९८ लाख रुपैयाँमा बढेको छ ।

कम्पनीको प्रतिशयर आम्दानी २१ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै, कम्पनीको प्रतिशेयर नेठवर्थ २ सय १ रुपैैयाँ ४७ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x