IME Life

एनएलजी इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

एनएलजी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा कुल बीमा शुल्क आर्जन १४.६९ प्रतिशतले बढेको छ । गत आवको त्रैमासमा कम्पनीले ७३ करोड ४५ हजार कुल बीमा शुल्क आर्जन गरेको थियो । यस आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ८३ करोड ७३ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीमा ८३ हजार ७ सय ४३ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा ९५ लाख ८ सय २५ बीमालेख कायम रहेको छ ।

Crest

चालु आवको दोस्रो त्रैमसको अवधिमा कम्पनीले ४५ करोड २३ लाख ३४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ३८.०२ प्रतिशतले बढी हो । कम्पनीले २ हजार ४ सय ८१ बटा दाबीको भुक्तानी गरेको छ । भने कम्पनीले २ हजार ३ सय ८० दाबीको भुक्तानी गरेको छैन् ।

कम्पनीको जगेडा कोष १६ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीके जगेडा कोष १७ करोड ७५ लाख ८८ हजार रुपैयाँ रहेको थियो । चालु आवको दोस्रो त्रैमसको अवधिमा कम्पनीले ८ करोड ४५ लाख खुद नाफा कमाएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ३९ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३२ रुपैयाँ ४० पैसा रहेको छ । भने प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४ सय ५१ रुपैयाँ ३२ पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS