IME Life

नेको इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन २०.९६ प्रतिशतले बढेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले ८० करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ९७ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा १३ लाख २४ हजार ५४ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा १३ लाख ८३ हजार ६८ बीमालेख कायम रहेको छ ।

Prabhu
Crest

त्यस्तै, यस आवको त्रैमास सम्ममा कम्पनीले ४२ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढी हो । कम्पनीले २ हजार ३३ वटा दाबीको भुक्तानी गरेको छ । भने १२ सय ८१ वटा दाबीको भुक्तानि गरेको छैन् ।

कम्पनीको जगेडा कोष ४४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा २५ करोड ९३ लाख रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले १७ करोड रुपैयाँ खुद नाफा काएको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी २८ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ १८ रुपैयाँ ३४ पैसा छ भने प्रति शेयर कूल सम्पतीको मूल्य ३ सय ३१ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS