Prabhu Life Ad Final

आइएमई जनरलको कुल बीमा शुल्क आर्जन ४३ प्रतिशतले बढ्यो

IME PAY

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा ६० करोड ४९ लाख ७१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ४३.४० प्रतिशतले बढी हो । गत आवको सोही अवधिको तुलनामा कम्पनीले ४२ करोड १८ लाख ६६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको चालु आवको वित्तीय विवरण अनुसार कम्पनीमा ४१ हजार १ सय ५२ बीमालेख कायम रहेको छ । गत आवको सोही अवधिमा कम्पनीमा ३२ हजार १ सय ५५ बीमालेख जारी रहेको थियो ।

NCHL

यस आवको त्रैमास सम्ममा कम्पनीले १६ करोड ७५ लाख १५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ८ करोड ५५ लाख ८४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले १ हजार २ सय ३० वटा दाबीको भुक्तानी गरेको छ । भने १ हजार ७ सय ३ वटा दाबीको भुक्तानी गरेको छैन् । कम्पनीले २५ करोड १२ लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छैन् ।

चालु आवको दास्रो त्रैमासको अवधिमा कम्पनीले ५ करोड ८५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा २१.४४ प्रतिशतले बढी हो ।

कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ६५ रुपैयाँ ३४ पैसा रेहको छ । भने प्रति शेयर कुल सम्पत्तिको मूल्य ३ सय ६ रुपैयाँ ४४ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x