IME Life

नेपाल लाईफ, नेशनल र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल बीच गरिएको तुलनात्मक अध्ययन

SPIL
NIC ASIA

नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफल इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल नेपालमा स्थापित लाईफ इन्स्योरेन्स लाईफ इन्स्योरेन्स कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको अवस्था छ । तीन बीमा कम्पनीलाई दाँजेर हेर्दा नेपाल लाईफ इन्स्योरेन्सले सबैलाई उछिनेको देखिन्छ ।

नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफल इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :

बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब  पूँजीको  लक्ष्य दिएकोमा नेपाल लाईफ र नेशनल लाईफले मात्र सो लक्ष्य हासिल गरेका छन भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २ अर्ब पूँजीको लक्ष्य हासिल गर्न छैन । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको हाल चुक्ता पुँजी १ अर्ब ३३ करोड छ । कम्पनीले ५० प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने देखिन्छ । आर्थिक वर्ष ७३/७४ को नाफाबाट १२ प्रतिशत बोनस प्रस्ताव गरेकोमा सो बोनस शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ४८ करोड पुग्नेछ । त्यसपछि पनि अझै कम्पनीले आफ्नो पुँजी ३४ प्रतिशतले वृद्धि गर्नु पर्ने छ ।

नेपाल लाईफ इन्स्योरेन्सको न्युनतम चुक्ता पूँजी भन्दा दुई गुणा पुँजी छ । नेपाल लाईफको पुँजी ४ अर्ब ३९ करोड रुपैँया छ ।

जगेडा कोषको आधारमा :

जगेडा कोषमा नेपाल लाईफ नै अघि छ । नेपाल लाईफको जगेडा कोषमा ३ अर्ब ७३ करोड संचित छ भने नेशनलको जगेडामा ९५ करोड ५१ लाख रुपैया छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जगेडा कोषमा ५४ करोड ८१ लाख रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :

जीवन बीमा कोषमा नेपाल लाईफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा ५६ अर्ब ७३ करोड छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ४८ अर्ब ६८ करोड छ त्यस्तै नेशनल लाईफको जीवन बीमा कोषमा २३ अर्ब ७१ करोड रुपैयाँ संचित छ ।

कुल र खुद बीमा शुल्क आर्जन रकमको आधारमा :

नेपाल लाईफले १० अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरको छ भने १० अर्ब ४७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाईफ पछि लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ५ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गरको छ भने ५ अर्ब ७८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाईफ इन्स्योरेन्सले ३ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरको छ भने २ अर्ब ९८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :

खुद नाफाको आधारमा नेपाल लाईफ अघि छ । यो ६ महिनाको अवधिमा नेपाल लाईफले २८ करोड ५ लाख खुद नाफा गरेको छ भने नेशनल लाईफ इन्स्योरेन्सले १७ करोड ११ लाख खुद नाफा गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ७ करोड १७ लाख खुद नाफा गरेको छ ।

नेपाल लाईफको प्रति शेयर आम्दानी १२ रुपैया ७६ पैसा, नेशनल लाईफको प्रति शयर आम्दानी १२ रुपैयाँ ९३ पैसा छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रति शेयर आम्दानी १० रुपैयाँ ७५ पैसा छ । प्रति शेयर आम्दानीलाई वार्शिकरण गरिएको छ ।

यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

कुल कायम रेहको बीमालेख संख्याको आधारमा :

नेपाल लाईफ इन्योरेन्समा १२ लाख ९ हजार बीमा लेख कायम छन् भने नेशनल लाईफमा ७ लाख र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा ७ लाख २५ हजार बीमा लेख संख्या कायम छन ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS