IME Life

लुम्बिनी जनरलको कुल बीमा शुल्कमा ६ प्रतिशतको वृद्धि, खुद नाफा भने घट्यो

SPIL
NIC ASIA

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमासमा बीमाशुल्क आर्जन ६.४७ प्रतिशतले बढेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले ५७ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ६१ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

गत आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ८ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ७ करोड ६७ लाख मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको गत आवको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा ६५ हजार ६ सय २६ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा ७१ हजार ३ सय ७१ बीमालेख कायम रहेको छ ।

त्यस्तै, यस आवको त्रैमाससम्ममा कम्पनीले ३३ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो । कम्पनीले २ हजार २ सय ९ वटा दाबीको भुक्तानी गरेको छ । भने २ हजार ६ सय २० वटा दाबीको भुक्तानि गरेको छैन् । कम्पनीले ६१ करोड ६७ लाख दाबी भुक्तानी गरेको छैन् ।

८८ करोड चुक्ता पूँजी रहेको लुम्बिनिको जगेडा कोष १७ करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा ८ करोड ५० लाख रुपैयाँ थियो ।

कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ १ सय ७९ रुपैयाँ ३६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS