IME Life

एशीयन लाईफ इन्स्योरेन्सको बीमाशूल्क आर्जन २९ प्रतिशतले बढ्यो , जीवन बीमा कोष मजबुत बन्दै

SPIL
NIC ASIA

एशीयन लाईफ इन्स्योरेन्स २०७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीले १ अर्ब ७३ करोड ६१ लाख रुपैयाको बीमाशूल्क आर्जन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १ अर्ब २२ करोड ४४ लाख रुपैयाँ बराबरको बीमशूल्क आर्जन गरेको थियो । कम्पनीको बीमाशूल्क आर्जनमा २९ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

यसैगरी, एसियन लाइफको जीवन बिमा कोषमा १५ अर्ब १३ लाख २६ हजार रुपैयाँ छ । जीवन बिमा कोषमा गत वर्ष ११ अर्ब ३२ करोड ४२ लाख ४१ हजार रुपैयाँ थियो ।

चालु आ.व २०७५/७६ पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा १२ करोड ५० लाख ९ हजार रहेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २ करोड ८९ लाख २६ हजार खुद नाफा आर्जन गरको थियो । कम्पनीको खुद नाफ १० प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तको अन्त्य सम्ममा कम्पनीले ९५ करोड ७५ लाख ३१ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ५५ करोड ८४लाख रुपैयाँ बरबरको दाबी भुक्तानी गरेको थियो ।कम्पनीले ३ हजार ४ सय १ वटा दाबीको दाबी भुक्तानी गरेको छ ।चालु आवको पुष मसान्त सम्ममा कम्पनीको भुक्तानी हुन बाकी रकम १ करोड १७ लाख १२ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४७१ रुपैयाँ रहेको एसियनको रिजर्भ कोषमा २६ करोड ३४ लाख ४६ हजार ४८६ रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार २४० रुपैयाँ थियो । कम्पनीले न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ६०५ हकप्रद बिक्री गर्न लागेको छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा धेरै पुग्नेछ ।

गत वर्ष ४ करोड १२ लाख ५७ हजार रहेको महाविपत्ति जगेडा घटाएर ३ करोड ७२ लाख ४९ हजार ८८७ रुपैयाँ पुराएको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS