IME Life

मेट लाईफ इन्स्योरेन्सको बीमाशूल्क १० प्रतिशतले वृद्धि , खुद नाफामा केही सुधार

SPIL
NIC ASIA

मेट लाईफ इन्स्योरेन्स २०७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनील १ अर्ब ९३ करोड ५२ लाख रुपैयाको बीमाशूल्क आर्जन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ बराबरको बीमशूल्क आर्जन गरेको थियो । कम्पनीको बीमाशूल्क आर्जनमा १० प्रतिशतले बढेको छ ।

Prabhu
Crest

चालु आ.व २०७५/७६ पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा १२ करोड ५० लाख ८९ हजार रहेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ११ करोड २९ लाख ३६ हजार खुद नाफा आर्जन गरको थियो । कम्पनीको खुद नाफ ९ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तको अन्त्य सम्ममा कम्पनीले १अर्ब २८ करोड ७२ लाख ६६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६६ करोड १३ लाख रुपैयाँ बरबरको दाबी भुक्तानी गरेको थियो ।
कम्पनीले २ हजार ३ सय ९७ वटा दाबीको दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ८ सय १७ वटा दाबीको दाबी भुक्तानी गरेको थियो ।

चालु आवको पुष मसान्त सम्ममा कम्पनीको भुक्तानी हुन बाकी रकम ४४ करोड ० लाख १३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको भुक्तानी हुन बाकी रकम २३ करोेड ४१ लाख ७ हजारुपैयाँ रहेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड९७ लाख रुपैयाँ रहेको छ। गत बर्ष कम्पनीले १ अर्ब ६५ करोड ६० लाख रुपैयाँ पुँजी प्राएको थियो । कम्पनीको पुँजी भने ३७ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीको जगेडा कोषमा १ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

हाल कम्पनीको ८ लाख ११ हजार ५ सय ८९ वटा बीमा लेखहरु कायम छन् । गत बर्ष कम्पनीले सोहि अवधिमा ७ लाख ८९ हजार ५७ वटा बीमालेख जारी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS