Prabhu Life Ad Final

नेशनल लाईफ इन्स्योरेन्सको बीमाशूल्क आर्जन १५ प्रतिशतले बढ्यो

IME PAY


नेशनल लाईफ इन्स्योरेन्सको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीले ६ महिनाको अवधिमा ३ अर्ब ८ करोड ३० लाख रुपैयाको बीमाशूल्क आर्जन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २ अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबरको बीमशूल्क आर्जन गरेको थियो । कम्पनीको बीमाशूल्क आर्जनमा १५ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तको अन्त्य सम्ममा कम्पनीले १अर्ब २६ करोड २१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ६० करोड १८ लाख ५२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
कम्पनीले १० हजार ८ सय २ वटा दाबीको दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६ हजार २ सय १७ वटा दाबीको दाबी भुक्तानी गरेको थियो ।

NCHL

चालु आवको पुष मसान्त सम्ममा कम्पनीको भुक्तानी हुन बाकी रकम २४ करोड ८२ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको भुक्तानी हुन बाकी रकम १६ करोेड ३५ लाख रुपैयाँ रहेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड९७ लाख रुपैयाँ रहेको छ। गत बर्ष कम्पनीले १ अर्ब ६५ करोड ६० लाख रुपैयाँ पुँजी प्राएको थियो । कम्पनीको पुँजी भने ३७ प्रतिशतले बढेको छ ।
त्यस्तै कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ, जगेडा कोषमा ९५ करोड ५१ लाख ९७ हजार रुपैयाँ र महाविपत्ती कोषमा १७ करोड ९१ लाख ९५ हजार रुपैयाँ सञ्चित रहेको छ ।

हाल कम्पनीको ७ लाख १ सय ४३ वटा बीमा लेखहरु कायम छन् । गत बर्ष कम्पनीले सोहि अवधिमा ८ लाख ९ हजार ९ सय ७० बीमालेख जारी गरेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ३ पैसा र मूल्यआम्दानी अनुपात ५७ दशमलव ८७ गुणाले बढी रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x