IME Life

नेपाल लाईफ इन्स्योरेन्सको ६ महिनामा बीमाशूल्क आर्जन २४ प्रतिशतले वृद्धि

SPIL
NIC ASIA


नेपाल लाईफ इन्स्योरेन्सको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीले ६  महिनाको अवधिमा ७९ अर्ब १५ करोड ९४ लाख रुपैयाको बीमाशूल्क आर्जन गरेको छ । कम्पनीले गत बर्ष ५९ अर्ब ६० करोड २१ लाख रुपैयाँ बराबरको बीमशूल्क आर्जन गरेको छ । कम्पनीको बीमाशूल्क आर्जनमा २४ प्रतिशत बृद्धि आएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तको अन्त्य सम्ममा कम्पनीले ५ अर्ब ४२ करोड ४० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ३५ करोड २४ लाख ६५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

Prabhu
Crest

कम्पनीले २८ हजार ४४ सय ८ वटा दाबीको दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १८ हजार ३ सय ६८ वटा दाबीको दाबी भुक्तानी गरेको थियो ।

चालु आवको पुष मसान्त सम्ममा कम्पनीको भुक्तानी हुन बाकी रकम १ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको भुक्तानी हुन बाकी रकम ३ करोेड ५४ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

गत आवको पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड६९ रुपैयाँ रहेको छ। कम्पनीले गत बर्षमा ३ अर्ब ९ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीको जीवन बीमा कोषमा ५६ अर्ब ७३ करोड ८३लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ७३ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।

हाल कम्पनीको १२ लाख ९ हजार ७२० वटा बीमा लेखहरु कायम छन् । गत बर्ष कम्पनीले सोहि अवधिमा १० लाख ८० हजार २ सय ६६ बम्ीालेख जारी गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा र मूल्यआम्दानी अनुपात ८६.५२ गुणा बढी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS