Prabhu Life Ad Final

शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १ अर्ब भन्दा माथि

IME PAY

शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा १ अर्ब ६७ करोड ९९ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ३.४३ प्रतिशतले बढी हो । चालु आवको सोहि अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ४१ लाख ७७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा १५ लाख  ९  हजार ९ सय ९ बीमालेख जारी भएका छन् । कम्पनीले ७४ करोड ५२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ४२.४३ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ५१ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

NCHL

यस्तै कम्पनीको भुक्तानी हँन बाकी दाबी रकम ७३ करोड ४८ लाख ९३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीमा भुक्तानी हुन बाकी दाबी रकम ८६ करोड ८९ लाख २२ हजार रुपैयाँ रहेकोे थियो । कम्पनीको भुक्तानी हुन बाँकी दाबी संख्या ४ हजार १ सय ७६ रहेको छ ।

१ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको शिखरको जगेडा कोषमा ३४ करोड ८७ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा २१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ७.७९ प्रतिशशतले बढी हो ।

कम्पनीको प्रति शेयर आम्दानी ४० रुपैयाँ १ पैसा रहेको छ । यस्तै मूल्य अनुपात आम्दानी २३ रुपैयाँ २७ पैसा रहेको छ भने कम्पनीको प्रतिश शेयर कुल सम्पत्तिको मूल्य ४ सय २५ रुपैयाँ ३४ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x