IME Life

प्रभु इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जनमा १६ प्रतिशको वृद्धि

SPIL
NIC ASIA

प्रभु इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०७५/७६ को अवधिमा कुल बीमा शुल्क आर्जन १६.५१ प्रतिशतले बढेको छ । चालु आवमा कम्पनीले ४९ कारोड ४५ लाख १२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीले ४२ करोड ४४ लाख १९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा ३६ हजार ४ सय ९६ बीमालेख जारी भएका छन् । गत आवको सोही अवधिमा कम्पनीमा ३५ हजार २ सय ८ बीमालेख जारी भएका थिए । कम्पनीले १९ करोड ४४ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ३.९४ प्रतिशते कमी हो ।

Prabhu
Crest

कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम १२ करोड २ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको भुक्तानी हुन बाँकी दाबी संख्या ७ सय ८० रहेको छ ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १९ करोड ६३ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ४ करोड ४४ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रकम ३५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २ करोड २९ लाख ४३हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ रहेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ १ सय ६६ रुपैयाँ रहेका छ भने प्रति शेयर कुल सम्पत्तिको मूल्य २ सय ४१ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS