SKIP THIS

IK Anniversary
IME Life

किताबी मूल्य भन्दा बजार मूल्य थोरै भएको कामना सेवा विकास बैंकको कम्पनी विस्लेषण

SPIL
NIC ASIA

कम्पनीको प्रकार : विकास बैंक

Prabhu
Crest

प्रधान कार्यालय : ज्ञानेश्वर

सेयर रजिष्ट्रार : एनएमबी क्यापिटल लिमिटेड

वेबसाईट : http://www.kamanasewabank.com

Symbol: KSBBL

प्रमुख हाईलाईट्स :

प्रमुख गतिविधिः

कम्पनीले आर्थिक वर्ष ७३/७४को नाफाबाट लगानीकर्तालाई ५ दशमलव ५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांस दिएको थियो ।

आर्थिक वर्ष ७३/७४ को लाभांस सगै कम्पनीले २ अर्ब ५० करोड पुँजीको लक्ष्य हासिल गरेको अवस्था छ । कम्पनीले आर्थिक वर्ष ७४/७५को साधारण सभा गर्न बाँकी नै छ ।

कामना सेवा विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०७५/७६को दोश्रोे त्रैमासको वित्तिय विवरण :
(रु.हजारमा)

कम्पनीको सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • बैंकले यो अवधिमा आफ्नो खुद नाफामा २ प्रतिशतले वृद्धि आएको छ । बैंकले यो त्रैमाससम्म १३ करोड ८२ लाख रुपैया खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा सोहि अवधिमा बैंकले १३ करोड ६० लाख खुद नाफा कमाएको थियो ।
  • खुद नाफामा देखिएको २ प्रतिशतको वृद्धि र चुक्ता पुँजीमा देखिएको २१ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा १६ प्रतिशतको गिरावट देखिएको छ । कम्पनी प्रति शेयर आम्दानी ११ दशमलव ०५ रुपैया रहेको छ । (वार्षिक )
  • निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा १७ अर्ब २७ करोड निक्षेप उठाई १५ अर्ब ७४ करोड रुपैंया कर्जा प्रवाह गर्न सफल भएको छ ।
  • निक्षेप २५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह २७ प्रतिशतले वृद्धि भएको छ ।
  • बैंकको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी २३ प्रतिशतले वृद्धि भएर ३७ करोड ८४ लाख पुगेको छ । त्यस्तै बैंकको संचालन नाफा १७ प्रतिशतले वृद्धि भएर १८ करोड ८३ लाख पुगेको छ ।
  • समिक्षा अवधिमा बैंकको निस्क्रिय कर्जा २ दशमलव १३ प्रतिशतबाट घटेर १ दशमलब ६७ प्रतिशतमा आएको छ ।
  • बैंकको सिसिडि रेशियो ७६ दशमलव ६ प्रतिशतमा रहेको छ ।
  • बैंकले प्रकाशन गरेको प्रकाशित दोश्रोे त्रैमासको वित्तीय विवरण अनुसार कोषको लागत ८ दशमलव ८९ प्रतिशत, आधार व्याज दर ११ दशमलव ५९ प्रतिशत छ ।
  • कम्पनीको प्रति शेयर नेटवर्थ (किताबी मूल्य ) १४२ दशमलव ०९ रहेको छ ।

निस्कर्ष :

कामना र सेवा विकास बैंक मर्ज भएर बनेको सस्था कामना सेवा विकास बैंकले रास्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजी हासिल गरिसकको अवस्था छ ।

कम्पनी दोश्रो त्रैमासमा खुद नाफा सामान्य वृद्धि गरेको छ । खुद नाफमा सामान्य मात्र वृद्धि र चुक्ता पुँजी वृद्धिले कम्पनीको प्रति शेयर आम्दानीमा भने कमी आएको छ ।माघ २८ गतेको बजारमूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात १२ दशमव २१ गुणा छ । सो अनुपातले कम्पनी अन्डरभ्यालुड जोनमा छ भनेर देखाउंछ ।

त्यस्तै कम्पनीको किताबी मूल्य १४२ रहेकोमा कम्पनीको बजार मूल्य त्यो भन्दा नि मुनी रहेको छ । कम्पनीको बजार मूल्य १३५ रहेको छ ।

एक हप्ताको फ्लोर सिट विस्लेषण :

नेप्सेमा २०७५/१०/२८ गते कारोवार भएको ग्राफ :

उच्च : १३६ न्यून : १३४ बन्द : १३५
कारोवार परिमाण : ६३७५

पिभोट टेबल

(२०७५/१०/२८ गतेको कारोवार अनुसार :

उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS