IME Life

एभरेष्ट इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ४६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

एभरेष्ट इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा कुल बीमाशुल्क आर्जन ४६.११ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा ३८ करोड ९८ लाख ५७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले २६ करोड ६८ लाख ८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा ४१ हजार २ सय ७६ बीमालेख जारी भएका छन् । त्यस्तै कम्पनीले १६ करोड ७५ लाख ४९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ३९ करोड ७३ लाख ६६ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको भुक्तानी हुन बाँकी दाबी संख्या १३ सय ६ रहेको छ ।

Prabhu
Crest

१३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको एभरेष्टको जगेडा कोष १२ करोड ३३ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा २ करोड ५१ लाख ६६ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको प्रतिश शेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ ४ सय २ रुपैयाँ ९१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS