पूँजी पुगेका निर्जीवन बीमा कम्पनीको औसत मूल्य कति ?

नेपाली लगानीकर्ताहरु बोनस शेयर र हकप्रद शेयर प्रति निकै आकर्षित हुन्छन । झनै हकप्रद शेयर भनेपछि जस्तो सुकै नराम्रो कम्पनी भएपनि त्यसको खरिद गर्न उत्सुक हुन्छन ।

नेपाली दोश्रो बजारको ईतिहास हेर्दा बजार बुलिस अवस्थामा जानुको एउटा प्रमुख कारण मध्य पुँजी वृद्धि योजनापनि रहेको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएको थियो ।

१५ निर्जीवन बीमा कम्पनी मध्य ५ कम्पनीले मात्र सो लक्ष्य हासिल गरेको अवस्था छ । नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले मात्र १ अर्ब पुँजी वृद्धि गरेको अवस्था छ भने नेपाल इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद शेयरको लागि बुक क्लोज गरिसकको अवस्था छ । ६५ प्रतिशत हकप्रद शेयर पछी कम्पनीको पुँजी १ अर्ब पुग्ने छ ।

पुष २७ गते को बजार मूल्य अनुसार १५ वटा निर्जीवन बीमा कम्पनीको औसत मूल्य १२३७ रुपैया रहेको छ । जसमा राष्ट्रिय बीमा कम्पनीको मूल्य सबै भन्दा धेरै ९१०० प्रति कित्ता रहेको छ ।

१ अर्ब चुक्ता पुँजी हासिल नगर्ने निर्जीवन बीमा कम्पनीको औसत मूल्य १६०१ रहेको छ भने १ अर्ब पुँजीक लक्ष्य हासिल गर्ने बीमा कम्पनीको औसत मूल्य भने जम्मा ५०८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार