IME Life

नयाँ कम्पनी बजारमा आउँदैमा पूरानो कम्पनीको भाग खोसिने हैन : रमेश कुमार भट्टराई, सिईओ, महालक्ष्मी लाईफ इन्स्योरेन्स

SPIL
NIC ASIA


नेपालको बीमा क्षेत्रमा १८ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् , जसमा नयाँ कम्पनीको रुपमा माघ २७ गते देखि महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको उपस्थितसँगै १९ वटा जीवन बीमा कम्पनी भएका छन् । १८ महिना पश्चात् लामो सर्घष पछि बीमा समितिबाट कम्पनीले माघ एक गते देखि स्वीकृत पाएको छ ।

नयाँ कम्पनीहरू थपिएसँगै बजारमा कर्मचारी तथा अभिकर्ता तानातानको अवस्था भएको छ । दक्ष कर्मचारी तथा व्यावसायिक अभिकर्ता अभाव हुँदा नयाँ कम्पनीहरू पुराना कम्पनीका अभिकर्ता तथा कर्मचारीलाई आकर्षित गर्ने काम गरिरहेका छन् । नयाँ कम्पनीहरूमा देखिएको अभिकर्ता र कर्मचारीको समस्या, नेपालमा देखिएको व्यावसायिक अभिकर्ता उत्पादनको समस्या, कम्पनीको गतिविधि, कम्पनीको आगामी योजना लगायतका विषयमा ,२२ बर्षसम्म लामो समयसम्म बीमा र बैंकको सिईओको रुपमा कार्यरत महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईसँग इन्स्योरेसखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार :

Prabhu
Crest

१८ वटा जीवन बीमा कम्पनीका माझ आउनु भएको छ  । अन्य कम्पनीसँग कसरी प्रतिस्पर्धा गर्ने योजना बनाउँनु भएको छ ?

बीमा बजारमा अझै पनि ८६ प्रतिशत खालि नै रहेको छ । बीमा समितिको आकाँडा अनुसार यसको पहुँच १४ प्रतिशत मात्र रहेको छ । यसको आधारमा बजार पुरै खाली भन्दा पनि केही फरक पदैन । नयाँ कम्पनी आएसँगै पुराना कम्पनीलाई यसले असर गर्छ भन्ने कुरा रह्दैन । हामी नयाँ कम्पनी बीमा बजारमा आउने बित्तिकै कसैको भाग खेस्ने हैन । हामीले भएकै बजारबाट व्यापार लिने हो । हाल हाम्रो कम्पनीले चारवटा केही राम्रो पक्षहरु भएको कारण बजारमा राम्रो उपस्थिति जनाउने स्थिति रहेको पाएका छौ । हामीसँग पाँच प्रमोटरको रुपमा बैंकहरु आवद्ध रहेको छ । जस्मा ज्योति विकास बैंक, मेघा बैंक, प्राईम बैंक, महालक्ष्मी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंकहरु रहेका छन् । हामीसँग पाँचवटा स्थापित बैंकहरु रहेको हुदाँ हाम्रो लागि ठूलो पहुँचको रुपमा रहेका छ । हिजोको दिनमा मैले नेपाल लाईफ र एशीयन लाईफमा काम गरिसकेको छु । बीमा बजारलाई मैले राम्रो सँग अध्ययन पनि गरेको छु । संस्थालाई चलाउन कुशल व्यवस्थापक चाहिन्छ । मैले हिजोको दिनमा दुईवटा कम्पनी कुशल ढङगबाट संचालन गरेको छु र त्यो विश्वास अरुमा पनि रहेको छ कि यो कम्पनीमा पनि राम्रो गर्न सक्छ भन्ने धारणा सबैमा रहेको छ । यसका साथै हामी नयाँ बीमा योजनाको साथ हामी बजारमा उपस्थित हुदै छौ । हामीले एजेन्सी सिस्टम पनि १८ कम्पनी भन्दा फरक तरिकाले आउदै छौ ।१८ महिनापछि बजारमा उपस्थित भएका छौ । केही नयाँ फरक लक्ष्य सहित काम गर्ने हाम्रो योजना रहेको छ। नयाँ जीवन कम्पनीहरु मध्ये पहिलो बन्ने र ५ वर्षमा सबै जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट बन्ने लक्ष्य लिए लिएका छौ ।

आजको दिनमा आम मानिसले अन्य कम्पनीलाई छोडेर महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीलाई नै किन रोज्ने ?

बीमीतले जहिले पनि पोलिसी लिनु भन्दा अगाडि लगानीकर्ता के–के छन् , त्यसको पृष्ठभूमि कस्तो रहेका छ । त्यसको पोडक्रट कस्तो छ र कम्पनीको स्थिति कस्तो छ भन्ने कुरालाई मुख्य ध्यान दिएको हुन्छ । सर्वप्रथम त बीमीतले बीमा योजना लिदाँ कस्तो रहेको छ भन्ने क्ुरालाई नै ध्यान दिएको हुन्छ । हामीले योजनामा पनि केही फरकपन लिएर बजारमा उपस्थित भएका छौ । त्यसैले हाम्रो कम्पनीलाई रोज्छ भन्ने आशा लिएको छु । नयाँ बीमा योजनामा विरंग्ज लहानबाट राम्रो प्रतिकृया पनि आईरहेको छ । मेरो विचारमा बीमीतले योजना हेरेर नै आकर्षित हुने गर्दछन् । त्यसैले बीमीतले यस कम्पनीलाई नै रोज्छ । यसका साथै हामीले नेपाली बजार सुहाँउदो बीमा योजना ल्याएका छौ ।

कुनै पनि क्षेत्रको विकासको लागि मसरुमिङ ग्रो हुनु जरुरी रहेको हुन्छ । हिजोका दिनमा बैंकको स्थिती हेर्ने हो भने पनि हामीले त्यही नै देख्न सक्छौ । बीमा बजारमा पनि यो जरुरी रहेको छ ।

 

विज्ञहरुका अनुसार बीमा कम्पनीहरु धेरै भयो भन्ने गुनासो रहेको छ यसको बारमो केही जानकारी दिनुहोस ?

कुनै पनि क्षेत्रको विकासको लागि मसरुमिङ ग्रो हुनु जरुरी रहेको हुन्छ । हिजोका दिनमा बैंकको स्थिती हेर्ने हो भने पनि हामीले त्यही नै देख्न सक्छौ । बीमा बजारमा पनि यो जरुरी रहेको छ । च्याउ उमरे सरी कम्पनीहरुले आउनुपर्छ । प्रतिस्पधा बढेसँगै कम्पनीहरु कुनाकाप्चासम्म पुग्छन् । यसले बीमा चेतनाको लागि पनि यसले सहयोग पुरयाउछ । जसमा प्रतिस्पधा गर्न सक्ने कम्पनीहरु अघि बढ्छ र नसक्ने कम्पनीहरुले मर्ज हुन्छ । मर्ज भएपश्चात् चल्ने र नचल्ने कम्पनीहरु एकिकृत हुन्छ । त्यसपश्चात् बीमा बजारमा पनि सुधार आउँछ । नयाँ कम्पनीहरु आउनु अझै जरुरी छ । तर एकैपटकमा ५,१० वटा कम्पनीहरु ल्याएर अस्वस्थ प्रतिस्पधा गर्नुभन्दा केही बर्षको अन्तरालमा १,२ वटा कम्पनीहरु बढाउदै लग्यो भने यसले भोलिको दिनमा बीमा बजारमा पहुँच वृद्धिको लागि सहयोग गर्दछ ।

कान्छो कम्पनीको रुपमा आउँदै हुनुहुन्छ । तपाईहरुले ल्याएको प्रडक्टमा के छ नयाँपन ? पुरानोलाई नै नयाँ खोल लगाउनु भएको छ कि केही फरक लयाउनु भएको छ ?

हामीले बजारमा रहेको भन्दा दुईवटा नयाँ पोडक्रट ल्याएका छौ र एउटा पूरानो नै पोडक्रट ल्याएका छौ । यदि बीमा योजना पनि राम्रो भयो भने अभिकर्तालाई पनि बीमीतसँग राम्रोसँग कुरा राख्न सक्दछ । हामीले बोनसको गणना गर्नै नपर्ने र अवधि समाप्त हुनु भन्दा अघि डब्बल पाईने योजना ल्याएका छौ । हामीले बोनसको कुरा सोध्नै नपर्ने अवधि समाप्त पछि डब्बल पाईने भन्ने नारा ल्याएका छौ । बीमा कम्पनीमा तरङग ल्याईरहेको त बोनसले नै हो । ठूला कम्पनीले बोनस बढी दिने र साना कम्पनीहरुलाई चाहि यसले असर गरेको छ । हामीले बोनसको झन्झट मुक्त गर्ने सोचमा रहेका छौ । बीमा योजनाले नै बीमा बजारमा तरङग ल्याउने हो । पुरानोलाई नै नयाँ खोल लगाउने भन्दा पनि हामी नयाँ बीमा योजना सहित नै बजारमा आएका छौ ।बीमा योजनालाई नेपाली बजार सुहाँउदो र सस्तो पनि बनाएका छौ ।

बैंक र बीमाको बारेमा के फरक पाउनुभयो ?

बैंक र बीमा भनेको फरक कुरा हो । बैंक भनेको मानिसको सम्बृद्धिसँग जोडिएको हुन्छ । बैंक देशको अर्थतन्त्रसँग जोडिएको हुन्छ । बैंकले मुलुकको अर्थतन्त्रलाई नि ठूलो टेवा दिईरहेको हुन्छ । यसले मुलुकको सम्रग सरकारको अर्थनितिलाई यसले प्रभाव पारिरहेको हुन्छ । तर बीमा भनेको बैंकको तुलनामा सानो क्षेत्र हो । यो व्यक्तिको सामाजिक सुरक्षासँग मात्र जोडिएको छ । कारोबारको हिसाबले र मुलुक अर्थतन्त्रमा यसले दिने योग्दानको हिसाबले पनि यो फरक छ । बैंक बृहत हो भने बीमा एउटा सानो क्षेत्र हो ।

कम्पनीले उपत्यका भित्र र बाहिर गरेर कतीवटा स्थानमा शाखा विस्तार गर्दै हुनुहुन्छ ?

हामीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी कोहलपुरबाट फागुन दोस्रो साताभित्र कारोबार संचालन गर्ने र कार्यालय सजावट सकिएलगत्तै प्रधानकार्यालय र सातै प्रदेशमा कार्यालयहरु एकैपटक औपचारिक समुद्घाटनको तैयारी गरिरहेका छौ ।

कम्पनीले बीमा समितिबाट १३ वटा शाखाकार्यालयको स्वीकृति लिए अनुसार फागुुन भित्र बाँकी विर्तामोड, इटहरी, लाहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखा कार्यालय खोलिसक्ने योेजना बनाएका छौ । असार मसान्तसम्म ३५ वटा शाखा विस्तार गर्ने योजना बनाएका छौ ।

तपाईहरु विगत एक बर्ष देखि नेपालको बीमा बजारको अध्ययन गर्दै हुनुहुन्छ । यो अवधिमा के पाउँनु भयो । नेपालमा बीमा बजारको अवस्था के रहेछ त ?

बीमा बजार पूरै नै खालि नै रहेको छ । बीमा बजारमा थुपै सम्भावना रहेको छ । नयाँ बीमा योजना र बजारको स्थितिलाई अध्यन गरेर बीमा योजना ल्याएको भने पक्कै पनि राम्रो नै हुन्छ । नयाँ कम्पनीहरु बजारमा उपस्थिती भएसगै बीमा बजारको पहुँचमा पनि वृद्धि भईरहेको छ । हिजोको दिनमा ७ प्रतिशत बीमाको पहुँच रहेको थियो भने आज नयाँ कम्पनीहरुको उपस्थितीले बीमा बजारको पहुँचमा वृद्धि ल्याएको छ । नयाँ कम्पनीहरु आएसँगै शाखा विस्तार एवं सबै क्षेत्रमा पुग्ने स्थिती पनि सिर्जना गरेको छ । बजारमा मैले अवसर र चुनौतीहरु दुबै देखेको छु । ति चुनौतीलाई पार गरेर अघि बढ्दा सम्भावना प्रश्स्तै रहेको छ ।

अर्थमन्त्रालयले संसदमा नयाँ बीमा विद्येयक दर्ता गरेको छ । अब आउँने ऐन कस्तो हुनुपर्ने अपेक्षा गर्नु भएको छ ?

बीमा सम्बन्धि विधेयक बिच छलफल भईरहेको छ । अर्थ समितिमा छलफल भईरहेको छ । उक्त विधेयक नआएसम्म हामीले केही भनी हाल्ने वातावरण रहदैन । मुख्य कुरा त सिस्टम बनाएर मात्र हुदैन । उक्त सिस्टमलाई कसरी प्रभावकारी कार्यन्वयन गर्नु जरुरी रहेको हुन्छ । बीमा समितिलाई नै बलियो बनाएर लानुपर्छ । नियम दायरालाई राम्रो गर्न सक्यो भने बीमाको बजार राम्रो नै हुन्छ ।

बजारमा नयाँ कम्पनी थपिएसँगै प्रतिस्पर्धा पनि उत्तिकै छ । कर्मचारी र अभिकर्ताहरु कम्पनीहरु बिच खोसा खोसको अवस्था छ । यसले नेपालको बीमा बजारलाई कस्तो प्रभाव पार्ला ? तपाईहरुले के गर्नु भएको छ?

जती ठूलो सागर भयो त्यहि सागरबाट त पानी निकाल्ने हो नी । खाली भाडाबाट त पानी निकालिदैन । हामी नयाँ कम्पनीहरुले पूराना कम्पनीहरुबाट कमचारी त लिनु नै परीहाल्छ । पूराना कर्मचारी त हामीले राख्नु नै पर्ने हुन्छ । हिजोको दिनमा पूराना कम्पनीहरुले पनि त्यही नै गरेको हो । अलि –अलि कर्मचारी त पुराना कम्पनीबाछ लिनु स्वभाविक नै हो । हामीले यसका साथै नयाँ दक्ष जनशक्ति पनि लिएका छौ ।
एउटा कम्पनी काम गर्दै ६ महिना नबित्दै अन्य कम्पनीमा जाने प्रवित्ति रहेको छ , त्यसलाई भने रोक्नु जरुरी नै रहेको छ ।

नयाँ बीमा विद्येयक जीवन बीमा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने व्यवस्था गरेका छन् । तर, अभिकर्ताले भने यसको विरोध गरेका छन् । नेपालको परिप्रेक्ष्य कुन व्यवस्था उचित हो । 
एउटै अभिकर्ताले अन्य कम्पनीहरुको पनि लाईसेन्स लिएर बस्दा निश्चिित रुपमा त्यहाँ समस्या त देखा नै पर्छ । आफनो फाईदाको लागि मात्र ध्यान दिने तर बीमीत तिर ध्यान नदिने जस्ता समस्याहरु उत्पन्न गर्ने काम गर्दछ । स्वस्थ प्रतिस्पर्धामा लाग्नको लागि एउटा अभिकर्ताले एउटै कम्पनीमा काम गर्न जरुरी देखिन्छ । अभिकर्तालाई व्यवसायीक बनाउन सक्ने हो भने एक अभिकर्ता एक कम्पनी राम्रो हो ।

 बैदेशिक रोजगार म्यादी जीवन बीमाका नक्कली पोलिसी पनि बजारमा भेटिएका छन् । यसबाट बीमीत कसरी बच्ने त?

यस विकृतिबाट बच्न बीमा समितिले बैदेशिक बीमा पुल मार्फत हुनुपर्ने निर्देशीका जारी गरिसकेको छ । अन्य अनिर्वाय बीमा पनि पुल मार्फत नै गनुपर्छ । बाकी अन्य बीमा सवस्थ बीमा गराउनु नै पर्छ । केही भएका विकृतिहरुलाई नियमनकारी निकायहरुले हेरेर सुधार गर्दै लैजानुपर्छ ।

कहिले देखि तपाईहरु बोनश वितरण गर्न सक्नुहुन्छ ?

हामीले बोनस नै नदिने हिसाबले नयाँ पोडक्रट ल्याएका छौ । तर इन्डोरमेन्ट पोडक्रटमा नै हामीले एक बर्ष पश्चात् कम्पनीको भ्यालूएसन गरेर हामी बोनस वितरण गर्दछौ । हामीले बोनसमा कुनै पनि विकृति नआओस् भनेर हामीले बोनस नै दिन नपर्ने गरि नयाँ बीमा योजना ल्याएका छौ । बीमा केही दूघटना र क्षती भयो भने मात्र पाउने भन्ने धारणा परिवर्तन गर्न बीमा योजना ल्याएका छौ ।

बीमा बजारको अवसर र चुनौतीहरु के–के रहेको छ ?

बजार पूरै नै खाली रहेको छ । यसमा हामीले व्यवसाय गर्ने बाटोहरु व्यापक रहेको छ । यसका साथै चुनौतीहरुमा भने दक्ष जनशक्तिको अभाव रहेको छ । चुनौती बिच खोलेर नै अवसर प्राप्त गर्ने नै हो ।

 प्रविधिको प्रयोग गरेर ग्राहकलाई सुविधा दिन केही व्यवस्था गर्नु भएको छ वा छैन ?

हामीले शाखा विस्तारलाई नै मात्र ध्यान दिदैनौ । शाखा र कर्मचारीहरु अत्याधिक मात्रामा राखेर खर्च बढाउने काम गदैनौ । प्रविधिको प्रयोग गरेर ट्याबलेट इन्स्योरेन्स सिस्टममा हामी बढी ध्यान दिन्छौ । हामीले शाखारहित बीमाको योजना ल्याएका छौ । ठाँउ–ठाँउमा एउटा सक्षम मान्छे राखेर टेबलेट् दिएर त्यहीबाट पोलिसी स्क्यान गरेर पठाउने र हामीले यहाँबाट अन्डरराईटिङ गरेर जुन बैंकमा पैसा जम्मा भएको छ रसिद पठाउछ हामीले यहाँबाट पोलिसी दिन्छौ ।

आम जनमानसको लागि बीमा बारे कस्तो धारणा पाउनु भएको छ?
आम जनमानसमा बीमा सम्बन्धि जानकारी निकै कम रहेको छ । हिजोको भन्दा आज बीमाको पहुँच बढेको त छ तर जुन रुपमा बढेको भने छैन । कम्पनीहरु र राज्य स्तरबाट नै जनचेतनामा वृद्धि गरियो भने पक्कै पनि बीमा प्रती आमजनमानसनमा परिर्वतन आउन सक्छ ।

कम्पनीले कती प्रतिशत पुर्नबीमा म्युनिख री र नेपाल रि कम्पनी मार्फत गदैछ ?
हामीले कम्पनीको २० प्रतिशत नपाल री मार्फत गछौ । ८० प्रतिशत पुर्नबीमा सम्बन्धि कारोबार म्युनिख री गर्ने छौ । २० प्रतिशत नेपाल रि सँग अनिवार्य गनुपर्ने नियम बनाएको छ । यसका साथै म्युनिख री विश्वकै अग्रणी कम्पनीसँग हामी कारोबार गर्दै छौ । यसबाट कम्पनीलाई केही नयाँ प्रविधि र कर्मचारीहरुले पनि अन्तराष्टिय स्तरको तालिम लिने अवसर समेत मिल्नेछ ।

कम्पनीको आगामी रणनितिहरु के रहेको छ ?
हामी दुई बर्ष १० वटा कम्पनीहरुमा पहिले हुने र पाँच बर्षमा १९ वटा कम्पनीहरुको पहिले हुने आगामी योजना रहेको छ । सबै क्षेत्रमा हामी पुग्ने रहेको छ । यसका साथै कम्पनीको शाखा विस्तारमा भन्दा पनि प्रविधिको प्रयोग मार्फत अघि बढ्ने सोच हामीमा रहेको छ । यसका साथै आगामी असार महिनामसान्तसम्म ५० करोड बराबरको बीमाूल्क आर्जन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

अन्त्यमा ,बीमा किन गर्ने त?
बीमा सबैले गर्नुपर्छ । बीमा अपरिहार्य चिज हो । विकसित मुलुकहरुमा राज्यले शिक्षा, सवास्थ , बेरोजगार युवा, वृद्धहरुलाई स्याहार एवं अन्य सामाजिक सुरक्षा अन्तर्गत सहयोग पुरयाईरहेको हुन्छ । तर नेपालको सन्दर्भमा भने उक्त सुविधा हामीलाई राज्यले दिएको छैन । शिक्षा, सवास्थ, वृद्ध अवस्थाको लागि बीमा निकै जरुरी रहेको छ । यो जानकारी बीमीतहरु सम्क्ष पुरयाएर बुझाउन सक्यो भने बीमाको बजार राम्रो हुन्छ । जुन दिनमा बीमीतले हामीले बीमा गनुपर्छ भन्ने धारणा आफैमा ल्याउने काम गर्छ बीमाको पहुँचमा आफै वृद्धि भईहाल्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS