IME Life

निर्जीवन बीमाको लिडर शिखर इन्स्योरेन्स कस्तो छ ? हेरौ कम्पनी विस्लेषण !

SPIL
NIC ASIA

कम्पनीको प्रकार: निर्जीवन बीमा

Prabhu
Crest

सञ्चालक समिति : 

Symbol: SICL

प्रधान कार्यालय : थापाथली,काठमान्डौ

सेयर रजिष्ट्रार एन आई बी एल एस क्यापिटल

वेबसाईट: http://shikharinsurance.com

प्रमुख गतिविधि

  • शिखर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीको  लिडर कम्पनी हो ।
  • कम्पनीका अधिकांश सूचांकहरु औसत निर्जीवन बीमा कम्पनीको सूचक भन्दा माथि छ ।
  • बीमा शुल्क आर्जनमा कम्पनी सबै भन्दा अघि छ भने खुद नाफा सबै भन्दा धेरै कमाउनेमा पनि शिखर नै अघि छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को पहिलो त्रैमासको वित्तिय विवरण 

शिखर इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद मुनाफा १० करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ९ करोड ५५ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ११ प्रतिशतले वृद्धि भएको छ ।
  • इन्स्योरेन्सको जगेडा कोषको आकार ६ प्रतिशतले कम भएर २९ करोड ५६ लाख पुगेको छ ।
  • कम्पनीको बीमा कोष ३२ प्रतिशतले वृद्धि गरेर ९० करोड ४० लाख रुपैयाँ पुगेको छ ।
  • कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म ८७ करोड ७० लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमास भन्दा १७ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा १३ प्रतिशतले वृद्धि भएर ४५ करोड ८० लाख पुगेको छ ।
  • यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ४० प्रतिशतले वृद्धि भएर ३६ करोड ८ लाख रहेको छ भने खुद दावी भुक्त्तानी २४ करोड ८६ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ७२ प्रतिशतले धेरै हो भने ८२ करोड ६० लाख दावी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीको प्रति शेयर आम्दानी १४ प्रतिशतले कम हुँदै ३९ रुपैयाँ ९९ पैसा रुपैया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा ४६ रुपैयाँ ७४ पैसा थियो ।
  • कम्पनीको प्रथम त्रैमासमा प्रतिशेयर नेटवर्थ २ सय १८ दशमलव ४६ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य ४ सय ०६ रुपैयाँ रहेको छ ।

निष्कर्ष:
कम्पनीले बीमा समितिले तोकेको १ अर्ब पुँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ । कम्पनीले आफ्नो पुँजी २९ प्रतिशतले वृद्धि गर्दा कम्पनीको खुद नाफा ११ प्रतिशतले वृद्धि भयो जसको कारणले प्रति शेयर आम्दानी १४ प्रतिशतले घट्न पुग्यो ।

  • त्यस्तै कम्पनीको जगेडा कोषको आकार पनि घटेको छ ।
  • कम्पनीले बीशुल्क आर्जन रकममा १७ प्रतिशतको वृद्धि गर्न सफल भएको छ ।
  • बीमा लेख संख्यामा भने सामान्य ४ प्रतिशतको वृद्धि देखिएको छ ।
  • यसको मतलव कम्पनीले आफ्नो व्यापार व्यवसाय वृद्धि गरेको प्रस्ट देखिन्छ ।

शिखर इन्स्योरेन्सको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

अरु निर्जीवन बीमा इन्स्योरेन्स कम्पनी संग नेपाल इन्स्योरेन्सको तुलनात्मक अध्ययन ( पहिलो त्रैमासको आधारमा)

चुक्ता पुँजी र जगेडा कोषको आधारमा:

बीमा कोषको आधारमा :

कुल र खुद बीमा शुल्क को आधारमा :

खुद नाफा र प्रति शेयर आम्दानीको आधारमा :

कम्पनीको विगत ५ वर्षको लाभास :

(प्रतिशतमा)

नेप्सेमा २०७५/१०/२४ गते कारोवार भएको ग्राफ:

उच्च : ९०६ न्यून : ८९० बन्द : ८९०
कारोवार परिमाण : २२४०

पिभोट टेबल

(२०७५/१०/२४  गतेको कारोवार अनुसार

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS