IME Life

नेपालमै पहिलो पटक नयाँ बीमा योजना सहित आज देखि नेपाली बीमा बजारमा महालक्ष्मी लाइफ इन्स्योरेन्स

SPIL
NIC ASIA


लामो समय पछिको पर्खाइमा लाइसेन्स प्राप्त गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स औपचारिक रुपमा सञ्चालनमा आउँने भएको छ । बीमा समितिबाट सैद्धान्तिक रुपमा सहमती पाएको महालक्ष्मी इन्स्योरेन्स आज बाट औपचारिक रुपमा शुभारम्भ हुने भएको हो ।

बीमा समितिबाट १३ वटा शाखाकार्यालयको स्वीकृति लिए सँगै फागुुन भित्र बाँकी विर्तामोड, इटहरी, लाहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखाकार्यालय खोलि सक्ने योेजना रहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले महालक्ष्मी डवल सावधिक बीमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा, महालक्ष्मी सावधिक बीमा योजना ल्याएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार उक्त तीनवटा बीमा योजना मध्ये महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएका एकदमै नौला बीमा योजना हुन् ।

महालक्ष्मी डवल सावधिक बीमा 

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले महालक्ष्मी सावधिक बीमा योजना ल्याएको छ । महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ ।

यस बीमा योजना अनुसार बीमितले अधिकतम ५० हजार देखि माथि ५ करोड रकम सम्मको बीमा गर्न सक्नेछन् । यस बीमा योजना खरिद गर्ने बीमितहरुले मासिक, वार्षिक, अर्धवार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ । १८ वर्ष देखि ५५ वर्ष उमेर समुहका मानिस यस बीमा योजनामा सरिक हुन पाउने छन् ।

यस बीमा योजनामा समावेश भएका अन्य सुविधाहरु

बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको मृत्यु भएमा कम्पनीले निम्न बमोमिको भुक्तानी गर्नेछ
बीमालेख प्रारम्भ भएको ५ वर्ष सम्म बीमाङकी रकम वा भुक्तान भएको आधारमा बीमा शुल्कको ११० प्रतिशत मध्येको अधिकतम रकम कम्पनीले भुक्तान गर्ने छ । यस्तै बीमालेख प्रारम्भ भएको ६ वर्ष देखि १० वर्षसम्म बीमाङीको १५० प्रतिशत हुने रकम वा भुक्तानी भएको आधारभुत बीमा शुल्कको ११० प्रतिशत मध्येको अधिकतम रकम कम्पनीले भुक्तान गर्नेछ । कम्पनीले बीमालेख प्रारम्भ भएको ११ वर्ष देखि माथि बीमाङकको २०० प्रतिशत हुने रकम कम्पनीले भुक्तान गर्ने छ ।

अवधि समाप्ति दावी

बीमालेख अवधि समाप्तिसम्म बीमित जीवितै रहेमा बीमाङकीको दोब्बर रकम बीमित स्वंयमलाई भुक्तान गरिनेछ ।

महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा

लगानी फिर्ता म्यादी बीमा योजनामा बीमाशुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिनेछ ।

यस बीमा योजना अनुसार बीमितले १ लाख देखि ५ करोड रकम सम्मको बीमा गर्न सकिनेछ । यस बीमा योजना खरिद गर्ने बीमितहरुले एकल रुपमा बीमाशुल्क भुक्तानी गर्नु पर्ने हुन्छ । बीमा अवधि ५, १०, १५, २०, २५ र ३० वर्षको हुनेछ ।

यस बीमा योजनामा समावेश भएका अन्य सुविधाहरु

मृत्यु दाबी
बीमालेख चालु रही बीमालेखको अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङकी रकम बीमालेखमा इच्छाइएको व्यक्ति वा नजिकको हकदार लाई भुक्तानी गरिनेछ ।
अवधि समाप्ति दाबी
बीमालेख चालु रही बीमा अवधि समाप्तिसम्म बीमित जीवितै रहेमा बीमालेख अन्तर्गत भुक्तानी भएको आधारमा बीमाशुल्क (स्वास्थ्य र पेशागत वापतको थप बीमाशुल्क तथा पूरक करार वापतको बीमा शुल्क बाहेक) रकम बीमित स्वंयलाई भुक्तानी गरिनेछ ।

महालक्ष्मी सावधिक बीमा
कम्पनीका अनुसार न्यूनतम बीमा शुल्क सुरक्षा पाईने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाईने अवसरहरु महालक्ष्मी सावधिक बीमा योजनामा रहेका छन् । १८ वर्ष देखि ६५ वर्ष उमेर समुहका मानिस यस बीमा योजनामा सरिक हुन पाउने छन् । यस बीमा योजना अनुसार बीमितले अधिकतम ५० हजार देखि माथि ५ करोड रकम सम्मको बीमा गर्न सक्नेछन् । कम्पनीका अनुसार यस बीमा योजना खरिद गर्ने बीमितहरुले मासिक, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने छन् ।

यस बीमा योजनामा भएका अन्य सुविधाहरु
मृत्यु दाबी
बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको मृत्यु भएमा कम्पनीले निम्न बमोजिमको भुक्तानी गर्नेछ
बीमालेख चालु रही बीमालेखको अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङक र बीमालेखको आर्जित बोनस रकम बीमालेखमा इच्छाइएको व्यक्ति वा निजलाई हकदारलाई भुक्तानी गरिनेछ ।
अवधि समाप्ति दाबी
बीमालेख अवधि समाप्तिसम्म बीमित जीवितै रहेमा बीमाङ र बीमालेखको आर्जित बोनस रकम बीमित स्वयंलाई भुक्तानी गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS