IME Life

धेरै कुरा राम्रो हुँदा हुँदै पनि किन घटिरहेको छ बजार ? हेरौ साप्ताहिक विश्लेषण !

SPIL
NIC ASIA


यो साता दोश्रो बजारमा पुरै ५ दिन नै शेयर कारोवार भयो । यो साता आईतबार नेप्से परिसूचक ११६१ दशमलव ६३ को विन्दुमा खुलेको थियो । साताको अन्तिम दिन नेप्से परिसूचक ११३९ दशमलव ५७ को विन्दुमा बन्द भएको छ । यसको मतलव यो साता नेप्से परिसूचक २२ दशमलव ०६ अंकले घटेको छ ।

यो साता ५ दिन मध्ये ४ कारोवार दिन नेप्से परिसूचक घटेको थियो भने एक कारोवार दिन मात्र नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको थियो ।

Prabhu
Crest



खरिद कर्ताको बलियो उपस्थिति नहुदाँ अघिल्लो साता जस्तै यो साता पनि दोश्रो बजारमा बिक्रीकर्ता नै हावी भए । बजारमा सुचिकृत कम्पनीले राम्रो दोश्रो त्रैमासिक विवरण सार्वजनिक गरेपनि बजारमा ठुलो खरिद चाप सिर्जना हुन सकेकोे छैन ।
बजारमा तरलताको अभाव र पुष मसान्तको असरका कारणहरुले गर्दा बजारमा त्यस्तो ठुलो खरिद चाप देखिएको छैन । फाल्गुन महिना देखि सरकारले गर्ने खर्च वृद्धि हुने र सो रकम सरकारी ढुकुटीबाट बाहिर प्रणालीमा आउने सम्भावानले गर्दा तरलता केही सहज हुने आकलन गर्न सकिन्छ तर सो प्रयाप्त हुन्छ की हुँदैन भन्ने प्रश्न यथावत नै छ ।

प्राविधिक विश्लेषण अनुसार ११०० मुनि बजार झर्न केही गारो भए पनि बजार ११०० मुनि आयो भने बजार निकै तल जाने अथवा “प्यानिक सेल“ आउने सम्भावना देखिन्छ ।

अघिल्लो साता जस्तै यो साता पनि सबै भन्दा धेरै माथिल्लो तामाकोशीको शेयर किन बेच भएको छ भने दोश्रोमा नेपाल बैंक लिमिटेडको शेयर किन बेच भएको छ ।

हेरौँ यो साता सर्वाधिक शेयर कारोवार भएका १० कम्पनीहरु:

यो साता हाम्रो विकास बैंकको बोनस शेयर र सिटि एक्सप्रेस फाईनान्स र सहारा विकास बैंकको हकप्रद शेयर गरेर ३५ लाख २१ हजार ८ सय ५८ कित्ता शेयर सुचिकृत भएको छ ।

आजको मिति सम्म सबै भन्दा ठुलो बजार पुँजीकरण भएको कम्पनीमा नेपाल टेलिकम परेको छ । दोश्रोमा नबिल बैंक लिमिटेढ, तेश्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ भने नेपाल लाईफ इन्स्योरेन्स चौथोमा पर्दछ ।

आज सम्म सर्वाधिक बजार पुँजीकरण भएका १० कम्पनीहरु:

अन्य परिसूचक:

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS