IME Life

बीमा कम्पनीको चुक्ता पूँजी : बोनश वितरण योग्य जगेडा कोष भएका कम्पनीलाई छुट

SPIL
NIC ASIA


बीमा समितिले तोकेको समयमा चुक्ता पूँजी नपुराएका कम्पनीहरुलाई छुटा छुटटै बोलाएर स्पष्टीकरण लिएको छ । पूँजी बृद्धिका लागी समय थप गर्न निवेदन दिएका कम्पनीलाई पूँजी बृद्धि गर्न नसक्नुका कारण र पूँजीको बृद्धिको योजना समेत समितिले मागेको छ ।

बीमा समितिले २०७५ असार भित्र नै जीवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । तर, कम्पनीले उक्त अवधिमा पूँजी कायम गर्न नसकेपछि समितिले नियम अनुसार दुई पटकसम्म तीन/तीन महिना थप गरी पुसमसान्तसम्मको समय दिएको थियो । उक्त अवधिमा जम्मा ६ वटा कम्पनीले मात्रै पूँजी बृद्धि गर्न सके भने बाँकी २० वटा कम्पनीले पूँजी कायम गर्न सकेका छैनन् । पूँजी कायम गर्न नसकेका कम्पनीहरुले बीमा समितिमा समय थपका लागी निवेदन दिएका छन् ।

Prabhu
Crest

कम्पनीहरुले समितिमा बुझाएको पूँजी बृद्धिको योजना अनुसार कम्पनीमा बोनश विरतण योग्य जगेडा कोष भएको खण्डमा त्यस्तो कम्पनीलाई पूँजी बृद्धिको लागी बीमा समितिले समय दिईने भएको छ । समितिले नै चालु आव देखि लागू गरेको एनएफआरएस प्रणालीका अनुसार साधारण सभामा ढिलाई भएकाले त्यस्ता कम्पनीलाई छुट दिने भएको छ । त्यसैगरी हकप्रद जारी गर्नका लागी प्रक्रिया अगाडी बढाईसकेका कम्पनीलाई पनि समितिले समयको छुट दिने भएको छ । तर, वितरण योग्य जगेका कोष पनि नभएका र हकप्रदका लागी प्रक्रिया अगाडी नबढाएका कम्पनीहरुको हकमा भने समितिले कारवाही गर्ने भएको छ ।

बीमा समितिका अनुसार सबै कम्पनीहरुले पूँजी पुराउँन सक्ने देखिएको छ । एक दुई कम्पनी बाहेक सबै कम्पनीले बोनश नै वितरण गरी पूँजी जुटाउँन सक्ने देखिएको समितिले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS