IME Life

बीमा बजारमा चुनौतीका साथै अवसरहरु पनि प्रशस्तै छन् : रमेश कुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत , महालक्ष्मी लाईफ इन्स्योरेन्स

SPIL
NIC ASIA

कान्छो कम्पनीको रुपमा आईतबार देखि महालक्ष्मी लाईफ इन्स्योरेन्स उपस्थित हुदैछ । यसमा चुनौतीका साथै अवसरहरु पनि प्रशस्तै रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् ।
जीवन बीमा कम्पनीहरुको सबैभन्दा कान्छो कम्पनीको रुपमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्स माघ २७ गते (आईतबार) देखि संचालनमा आउने भएको छ । कारोबार शुभारम्भ सँगै बीमा समिति मार्फत स्वीकृत लिए पछि कम्पनी तिन नयाँ बीमा योजना सहित बजारमा आउन लागेको हो ।

बिहिबार आयोजित एक कार्यक्रम मार्फत कम्पनीले डबल सावधिक बीमा योजना, लगानी फिर्ता म्यादी बीमा, सावधिक बीमा योजना सावजनिक गरेको हो ।

Prabhu
Crest

महालक्ष्मी सावधिक बीमा
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले महालक्ष्मी सावधिक बीमा योजना ल्याएको छ । यस बीमा योजना अनुसार बीमितले अधिकतम ५० हजार देखि माथि ५ करोड रकम सम्मको बीमा गर्न सक्ेछन् । यस बीमा योजना खरिद गर्ने बीमितहरुले मासिक, वार्षिक, अर्धवार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ । १७ वर्ष देखि ६५ वर्ष उमेर समुहका मानिस यस बीमा योजनामा सरिक हुन पाउने छन् ।

महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा
यस बीमा योजना अनुसार बीमितले १ लाख देखि ५ करोड रकम सम्मको बीमा गर्न सकिनेछ । यस बीमा योजना खरिद गर्ने बीमितहरुले एकल रुपमा बीमाशुल्क भुक्तानी गर्नु पर्ने हुन्छ । बीमा अवधि ५, १०, १५, २०, २५ र ३० वर्षको हुनेछ ।

महालक्ष्मी डवल सावधिक बीमा
यस बीमा योजनमा अनुसार बीमीतले १ लाख देखि ५ लाख सम्म रहेको छ । यस बीमा योजना खरिद गर्ने बीमितहरुले मासिक, वार्षिक, अर्धवार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ । १८ वर्ष देखि ६५ वर्ष उमेर समुहका मानिस यस बीमा योजनामा सरिक हुन पाउने भएका छन् ।

कम्पनीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साताभित्र कारोबार संचालनको तैयारीमा छ ।कार्यालय सजावट सकिएलगत्तै प्रधानकार्यालय र सातै प्रदेशमाकार्यालयहरु एकैपटक औपचारिक समुद्घाटनको तैयारी भइरहेको बताएको छ ।

कम्पनीले बीमा समितिबाट १३ वटा शाखाकार्यालयको स्वीकृति लिए अनुसार फागुुन भित्र बाँकी विर्तामोड, इटहरी, लाहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमाशाखाकार्यालय खोलिसक्ने योेजना रहेको कम्पनीले जनाएको छ ।

२०७६ आषाढ भित्रमध्य पहाडी क्षेत्रका १२ वटा र काठमाण्डौं उपत्यका भित्र थप १० वटा समेत जम्मा ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष मनोरञ्जन रमण शर्माले महाभारतको लडाँई १८ दिनसम्म रहेको थियो तर, महालक्ष्मी लाईफ इन्स्योरेन्सको लाईसेन्स लिनको लागि १८ महिना लडाँई लड्नु परेको छ । लामो समयसम्म संघर्ष गरेर आईतबार संचालनमा आउने भएको छ, उनले भने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS