IME Life

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी कस्तो छ ? हेरौं कम्पनी बिश्लेषण !

SPIL
NIC ASIA

कम्पनीको प्रकार: लाईफ इन्स्योरेन्स

Prabhu
Crest

Symbol: GLICL

सञ्चालक समिति:

प्रधान कार्यालय :श्री राज भवन, तिनकुने, काठमाडौं

सेयर रजिष्ट्रार :एनएमबि क्यापिटल लिमिटेड, काठमाडौं

वेबसाईट:www.guranslife.com

प्रमुख गतिविधी:

कम्पनीले आर्थिक वर्ष ७३/७४ को नाफा बाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ४२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांस बीमा समिति र आर्थिक वर्ष ७३/७४ को साधारण सभाले अनुमोदन गर्नु पर्ने छ। गुराँस लाईफ इन्स्योरेन्स नेप्सेमा कारोवार हुने लाईफ इन्स्योरेन्स कम्पनी मध्य सबै भन्दा थोरै पुँजी भएको कम्पनी हो । गुराँस लाईफाले अझै आफ्नो पुँजी २३७ प्रतिशतले वृद्धि गर्न बाँकी छ ।

दोश्रो त्रैमासको रिपोर्ट निकाल्ने गुराँस लाईफ दोश्रो जीवन बीमा कम्पनी भएको छ ।

गुराँस लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :
(रु.हजारमा)

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले दोश्रो त्रैमाससम्ममा ४ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।
  • कम्पनीले प्रथम त्रैमासको प्रतिवेदनमा प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८० पैसा रहेको छ ।
  • कम्पनीको जगेडा २४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २१ करोड ३५ लाख रहेको जगेडा यो त्रैमासमा २६ करोड ५२ लाख पुगेको छ ।
  • कम्पनीको जीवन बीमा कोषमा ३७  प्रतिशतले वृद्धि भएर ४ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, महाविपति जगेडाकोष कोषमा कम्पनीले ३ करोड २३ लाख रुपैयाँ संचित छ ।
  • कम्पनीको कुल विमा शुल्क आर्जन रकम २२ प्रतिशतले वृद्धि भएर ७३ करोड ७३ लाख रुपैयाँ पुग्दा खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा २९ प्रतिशतले वृद्धि भएर ७१ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
  • यस त्रैमाससम्ममा कुल दावी भुक्त्तानी रकम ४६ प्रतिशतले वृद्धि भएर १० करोड ९० लाख रुपैयाँ रहेको छ त्य्स्तै खुद दावी भुक्त्तानी रकम १३ करोड ४० लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा १०८ प्रतिशतले वृद्धि भएको हो ।
  • कम्पनीको दोश्रो त्रैमासमा प्रतिशेयर नेटवर्थ १ सय ५० दशमलव १० रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य १ हजार ४४ रुपैयाँ रहेको छ ।
  • कम्पनीको भुक्तानी हुन बाँकी दावी रकाम ५७ प्रतिशतले कम भएर ३१ लाख हजार ६६ रहेको छ ।
  • कम्पनीको कुल कायम रहेको बीमा लेख संख्या ४ प्रतिशतको वृद्धि आउदै २ लाख ७ सय पुगेको छ ।

निष्कर्ष:

कम्पनीले बीमा समितिको निर्देशन अनुरुप २ अर्ब पुँजीको लक्ष्य भएकोमा कम्पनीले अझै आफ्नो पुँजी अर्नु १ अर्ब ४० करोडले वृद्धि गर्नु परे पर्ने छ । कम्पनीले अझै आफ्नो पुँजी २३७ प्रतिशतले वृद्धि गर्नु पर्ने छ ।

कम्पनीले बीमा शुल्क आम्दानीमा वृद्धि गर्न सफल भएको छ । कम्पनीले खुद नाफा वृद्धि गरेको र पुँजी वृद्धि नभएकाले कम्पनीको प्रति शेयर आम्दानीमा ७ प्रतिशतको वृद्धि देखिएको छ ।

कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

कम्पनीकोे विगत ५ वर्षको लाभास: (प्रतिशतमा)

नेप्सेमा २०७५/१०/२४ गते कारोवार भएको ग्राफ

खुला :७०५ उच्च :७०४ न्यून: ६९८ बन्द: ६९८
आजको कारोवार परिमाण :१,५३४

पिभोट टेबल :
(२०७५/१०/२४ गतेको कारोवार अनुसार:

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन  लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS