५ वटै प्रदेशमा नेपाल बैंकका प्रादेशिक शाखा कार्यालय

नेपाल बैकले पाँच वटा प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश १ को विराटनगर, प्रदेश २ को वीरगंज, प्रदेश ३ को काठमाडौं , गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को वुटवलमा प्रादेशिक कार्यालय सञ्चालन गरेको छ ।

यस्तै बैंकले कर्णाली प्रदेश र सुदूरश्चिम प्रदेशमा पनि प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । हाल बैंकले ६० जिल्लामा १५७ शाखा ११ वटा एक्सटेन्सन काउन्टर मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ सेवा उपलव्ध गराउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार