IME Life

निर्जिवन बीमामा तेस्रो पक्षको बीमाप्रति आकर्षण बढ्दो

SPIL
NIC ASIA

रिना खत्री

बीमा समितिको तथ्याङक अनुसार २०७५/७६ को मसिंर मसान्तसम्म मोटर बीमा हिस्सा अधिक छ । तेस्रो पक्षको बीमामा सरकारले अनिवार्य गरेको हुदाँ यसको हिस्सा अधिक भएको हो । निर्जीवन बीमा कम्पनीहरुले गरेको व्यवसायमध्ये मोटर बीमाको हिस्सा ४३ दशमलव २४ प्रतिशत रहेको छ ।

Prabhu
Crest

चालु आर्थिक बर्ष २०७५/७६ मसिंर महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले ९ अर्ब ७६ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार २० निर्जिवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

जसमध्ये कम्पनीहरुले अग्नि बीमाशूल्क बापत १ अर्ब ९६ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेका छन् । मोटर बीमाशूल्क बापत ४ अर्ब २२ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छन् ।

सामुन्दि«क बीमाशूल्क बापत ८५ करोड ९० लाखको आम्दानी गरेको भएको छ भने हवाई बीमाशूल्क बापत ४२ करोड ३७ लाख आम्दानी गरेका छन् । इन्जिनियरङ्ग बीमा  बापत बीमाशूल्क ८५ करोड ९० लाख आम्दानी गरेका छन् ।

विविधमा बीमा बापत कम्पनीहरुले ८९ करोड ८ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । कृषि तथा बाली बीमा बापत ५५ करोड ५२ लाख आर्जन गरेको छन् ।

 

व्यवसायगत रुपमा बीमाशूल्क आर्जन (प्रतिशतमा)

नोट : अग्नी बीमा २०.१० प्रतिशत, मोटर बीमा ४३.२४ प्रतिशत, सामुद्रिक बीमा ८.४९ प्रतिशत, हवाई बीमा ४.३४ इन्जिनियरिङ बीमा ८.७२ प्रतिशत, बिविध बीमा ९.१२ प्रतिशत र कृषि तथा बाली बीमा ५.६८ प्रतिशत व्यवसायगत बीमाशूल्क आर्जन ।

बीमा समितिको तथ्याङकको  अनुसार 

कम्पनीहरुले गरेको व्यवसायमा अग्नि बीमा दोस्रोमा परेको छ । यसको कुल हिस्सा २० प्रतिशत रहेको छ । यसैगरी हवाई बीमा व्यवसायको हिस्सा ४ दशमलव ३४ प्रतिशत, इन्जिनियरिङ बीमा व्यवसायको हिस्सा ८ दशमलव ७२ प्रतिशत, बिविध बीमा व्यवसायको हिस्सा ९ दशमलव १२ प्रतिशत रहेको छ ।

सरकारले कृषि तथा बाली बीमामा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । कृषिमा सरकारले अनुदान दिएपनि यसमा भने कृषकहरुलाई यसमा समेट्न नसकेको कारण यसमा भने कमी आएको छ ।

त्यस्तै, चालु आव २०७५/७६ मसिंर मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले १ लाख ८० हजार ७ सय ७३ वटा बीमालेख बिक्रि गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS