७५३ वटा स्थानिय तह जनप्रतिनिधिका लागि नै बीमा जरुरी : चिरिबाबु महर्जन, मेयर,ललितपुर महानगरपालिका


शिखर इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका वडाअदक्ष्यजीवन कुमार महर्जनलाई १० लाखको चेक हस्तान्तरण गरेको छ । ललितपुरका महानगरपालिकाका मेयर चिरीवाबु महर्जनले शिखर इन्स्योरेन्समा सम्पूर्ण वडादक्ष्य , मेयर, उपमेयर र सम्पूर्ण कर्मचारीहरुले स्वास्थ बीमा गराएको बताएका छन् । यस्ता किसीमको बीमा ७५३ स्थानिय तहमा नै हुनुपर्दछ उनले भने ।

कम्पनी मार्फत बीमा बापतको भुक्तानी पाएका वडा अदक्ष्य जीवन कुमार महर्जनले बोन म्यारो भएपश्चात् एक वर्षअघि भारतको फोर्टिक्स अस्पतालमा उपचार गरिरहेको र फोर्टिक्स अस्पतालमा उपचारको क्रममा १६ लाख रुपैयाँ खर्च भएको जानकारी गराएका थिए ।

दाबी गरेको दुई महिना भित्रै उनले १० लाख दाबी भुक्तानी लिएको र जसले गर्दा उपचारको लागि आर्थिक रुपमा सहयोग भएको उनले बताए ।
कम्पनीका अनुसार अन्य वडामार्फत पनि दाबी भईरहेको र चाडै भुक्तानी गर्ने तयारीमा रहेकोे जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार