नेप्से २.८३ अंकले बढ्यो, कारोबार रकम २३ करोड १० लाख

साताको तेस्रो दिन नेप्से २ दशमलव ८३ अङ्कले बढेर ११४७ दशमलव १० अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड १० लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स र उत्पादनमूक क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको २ करोड ५५ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सामुदमयीक लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै पूर्णिमा विकास बैंकको शेयर ४ दशमलव ३७ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव २२ प्रतिशतले बढेको छ भने ५ हजार ५ सय ३७ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०८ प्रतिशतले बढेर ५ हजार ९ सय २३ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार