Prabhu Life Ad Final

गण्डकी विकास बैंकको खुद नाफा बढ्यो

IME PAY

चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधि सम्ममा गण्डकी विकास बैंकले २६ करोड ५२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा २९ दशमलव ६८ प्रतिशतले वृद्धि हो । गत वर्षको यसै अवधिमा बैंकले २० करोड ४५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि ५५ करोड ४२ लाख ७५ हजार रुपैयाँ पुगेकोे छ । गत वर्ष गण्डकीले ४५ करोड ३७ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो ।

NCHL

दोस्रो त्रैमाससको अवधिसम्ममा २६ अर्ब १९ करोड ४० लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ३८ करोड ५४ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको गण्डकीको रिजर्भ कोषमा ८८ करोड ३० लाख ५३ हजार रुपैयाँ छ ।

गण्डकी बिकास बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ११ पैसा छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x