जीवन बीमा कम्पनीले चालु आवको मंसिरसम्ममा साढे २४ अर्ब बीमाशुल्क आर्जन गरे

चालु आर्थिक बर्ष २०७५/७६ मसिंर मसान्तसम्म जीवन बीमा कम्पनीहरुले कुल बीमाशूल्क २४ अर्ब ५१ करोड ६६ करोड रुपैयाँ आर्जन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १८ जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गरेका हुन् । जसमध्ये कम्पनीले बैदेशिक रोजगार बीमाशूल्क बापत १ अर्ब १७ करोड ९७ लाख आम्दानी गरेका छन् भने जीवन बीमा बापत २३ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितिको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, चालु आव २०७५/७६ मसिंर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३ लाख ५१ हजार ५ सय ३६ वटा बीमालेख बिक्रि गरेका छन् । जसमध्ये बैदेशिक रोजगार बीमालेख ८८ हजार ७३ वटा रहेको छ । त्यस्तै जीवन बीमालेखको सङख्यामा भने १३ हजार ८ वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार