IME Life

बीमा कम्पनीलाई बीमांकीको समस्याबाट मुक्त गर्दै समिति: बीमांकी रोष्टर निर्माण गर्दैछ समिति

SPIL
NIC ASIA

नेपाली बीमा कम्पनीहरुले भोग्दै आएको बीमांकीको समस्या समाधान गर्न बीमा समितिले बीमांकी रोष्टर निर्माण गर्ने भएको छ । समितिले निर्माण गरेको रोष्टरमा सबै बीमांकीहरुलाई सुचीकृत हुन समेत  आहवान गरेको छ ।

जीवन बीमा कम्पनीले बीमांकीद्धारा बार्षिक रुपमा वित्तीय विवरण तयार पार्दछन् । त्यसैगरी बीमांकद्धारा नै नयाँ बीमालेख निर्माण गर्नुपर्छ । तर, नेपालमा एउटा पनि बीमांकी नभएपछि नेपाली बीमा कम्पनीहरु भारतीय बीमाकीको भर पर्दै आएका छन् । यद्यपी नयाँ बीमा कम्पनीहरुलाई अनुभवी बीमांकी पाउँने भने कठिन हुदै आएको बीमा समितिका निर्देशक कमल रेग्मीले बताए । उनका अनुसार नयाँ कम्पनीहरुसँग पुराना बीमांकी काम गर्न नचाहने र पुराना बीमांकहरु धेरै शुल्क लिने हुँदा बीमा कम्पनीहरु अप्ठेरोमा परेका हुन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुले बीमालेख बनाउँदा वा बार्षिक वित्तीय विवरण बनाउँदा बीमांकी नियुक्त गर्नुपर्छ । यसरी कम्पनीले बीमांकी नियुक्त गरेपछि बीमा समितिसँग अनुमती लिनुपर्छ । बीमा समितिले पनि आफुले नियुक्त गरेको बीमांकीसँगको सल्लाह पछि मात्रै कम्पनीलाई बीमांकी नियुक्त गर्ने अनुमती प्रदान गर्छ । यो सबै प्रक्रिया झन्झटिलो भएपछि समितिले बीमांकी रोष्टर निर्माण गरेको हो ।

उक्त रोष्टरमा जुन सुकै मुलकमा बीमांकी सुचीकृत हुन पाउँनेछन् । यसको लागी बीमांकी अध्ययन गरी बीमांकी सोसाईटीबाट लाईसेन्स प्राप्त गरेको हुनुपर्नेछ । अन्तराष्ट्रिय बीमांकीले प्रत्यक्ष रुपमा समितिसँग आबद्ध हुन पाउँनेछन् । समितिले छनौट गरेका बीमांकीसँग बीमा कम्पनीहरुले काम गर्न सक्नेछन् ।

बीमा समितिले भारतीय बीमाकी सुभ्रमन्यू कोलीमारलाई बीमांकी नियुक्त गरेको छ । उनी एक बर्ष देखि समितिको बीमांकीको रुपमा काम गर्दै आएका छन् । यस अघि भारतीय एमके गोर्वद्धन समितिको बीमांकी थिए । उनले सन् २००० देखि २०१७ सम्म समितिको बीमांकीको रुपमा काम गरे ।

बीमा समितिले भारतीय बीमाकींलाई मासिक १ लाख रुपैयाँ भुक्तानी गर्छ । त्यसैगरी नेपाली जीवन बीमा कम्पनीहरुले बीमालेख निर्माण गरेबापत भारतीय बीमांकीलाई १ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्दै आएका छन् भने वित्तीय विवरण तयार गरे बापत ८ लाख रुपैयाँसम्म भुक्तानी गर्दै आएका छन् ।

नेपालका सबै कम्पनीहरुले भारतीय बीमांकीसँग काम गर्दै आएका छन् भने मेटलाईफ इन्स्योरेन्सले ताईवानको बीमांकी सँग काम गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS