राष्ट्रिय सूचना आयोगको निर्देशन बैंक र बीमा कम्पनीहरुले पनि सूचना अधिकारी राख्नै पर्ने

 

 

राष्ट्रिय सूचना आयोगले बैंक र बीमा कम्पनीहरुमा पनि सूचना अधिकारी राख्नुपर्ने आदेश जारी गरेको छ । आयोगका सूचना अधिकारी बाबुराजा श्रेष्ठले सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनी राजनीतिक दल, सार्वजनिक संस्थानले समेत सूचना अधिकारी मार्फत सूचना प्रवाह गर्न व्यवस्था रहेको हुदाँ यसको पालना सबैले गनुपर्ने बताएका छन् ।

यसै गरि वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि सूचना अधिकारी राख्नै पर्नेछ । हाल ३९ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार