एभरेष्ट इन्स्योरेन्स कम्पनीको १ लाख ९७ हजार ७१७ कित्ता सेयर लिलामीमा

एभरेष्ट इन्स्योरेन्स कम्पनीको सोमबार (माघ २१ गते) देखि १ लाख ९७ हजार ७१७ कित्ता संस्थापक सेयर लिलामी खुलेको छ ।

कम्पनीले यसअघि मंसिर १६ गतेदेखि पुस २२ गतेसम्म संस्थापक समूहको १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जस मध्ये १ लाख ९७ हजार ७१७ कित्तामा आवेदन परेको थिएन । कम्पनीले नबिकेको सेयर लिलामीमा ल्याएको हो ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिट लिमिटेड नारायणचौर, नक्साल काठमाडौं तथा सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यलयहरु विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार