IME Life

बैदेशिक रोजगार (म्यादी) जीवन बीमा व्यवसाय सञ्चालनका लागि कार्यविधी बनायो बीमा समितिले : के छ कार्यविधिमा ।

SPIL
NIC ASIA


बिमा समितिले बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख व्यवसाय सम्बन्धी कार्यविधि जारी गरेको छ । जीवन बीमा व्यवसाय गर्ने बीमकहरुले बुझाएको कार्यविधिलाई समितिले पारित गरेको हो ।

कार्यविधि अनुसार समितिले बैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सञ्चालनका लागि चार वटा बीमा जीवन बीमा कम्पनी तोकिएका छन् । जसमध्ये नेशनल लाईफ इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्स र रिलायवल लाईफ इन्स्योरेन्स कम्पनी परेका छन् । कार्यविधिका अनुसार पुल सञ्चालनको जिम्मेवारी पाएका चार कम्पनीमध्ये एउटा बीमकको प्रतिनिधिलाई फोकल व्यक्तिको रुपमा छनोट गरिनेछ । फोकल व्यक्तिले नै पुलको व्यवस्थापन गर्नेछ । पुलको सञ्चालन गर्ने कार्यको लागि एक बर्ष पश्चात अन्य बीमकको छनौट गरिनेछ ।

Prabhu
Crest

कार्यविधि अनुसार पुलबाट सञ्चालन भएको बैदेशिक रोजगार जीवन बीमा व्यवसायबाट प्राप्त भएको बीमाशुल्क दैनिक रुपमा बिमा समितिले निर्धारण गरिदिएको अनुपातमा बाँडफाँड गर्नुपर्नेछ । साथै सम्बन्धित कम्पनीले उपलब्ध गराएको बैंक खातामा साप्ताहिक रुपमा प्रत्येक शुक्रबार जम्मा गरिनेछ ।

बीमालेख जारी गर्दा बीमा समितिले उल्लेखित बीमालेख सम्बन्धमा दिईएका निर्देशन/परिपत्र बमोजिम निर्धारित सम्पूर्ण कागजातहरु अनिवार्य रुपमा संलग्न हुनुपर्नेछ । सुरुका चरणमा बीमालेख जारी गर्दा पूलमा संलग्न सबै जीवन बीमा कम्पनीहरुको संलग्नता रहेको स्पष्ट देखिने विवरण/छाप प्रयोग गर्नुपर्नेछ । जारी गरिने बीमालेख, प्रस्ताव फाराम, प्रयोग गरिने छापको एकरुपताको लागि आवश्यक कार्य गरि यथासक्य छिटो उपयुक्त व्यवस्था गरिनेछ । सहभागी कम्पनीहरुले एउटा छुट्टै बैक खाता यस सम्बन्धि कारोबारको लागि सञ्चालन गर्नुपर्नेछ ।

रकम प्राप्त नभएसम्म बीमालेख जारी गर्न पाईदैन
पुल मार्फत प्राप्त हुने दैनिक जारी गरिएको बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख विवरण पुलमा सहभागी जीवन बीमा कम्पनीहरु, बैदेशिक रोजगार विभाग र बीमा समितिलाई ईमेल मार्फत जानकारी दिनुपर्नेछ । नगद वा रकम बंैकमा जम्मा नभएसम्म बैदेशिक रोजगार जीवन बीमालेख जारी गरिने छैन । एक पटक जारी गरिएको बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख रद्ध गरिने छैन । बीमालेख रद्ध गर्नुपरेमा बैदेशिक रोजगार विभाग वा बीमा समितिबाट लिखित निर्देशन आवश्यक पर्नेछ ।

पुल अन्र्तगत काम गर्नका लागि सबै प्रदेशमा एक÷एक वटा उपयुक्त कार्यलय स्थापना गरिनेछ । सो प्रदेशको व्यवसायिक आकारलाई मध्यनजर गरि आवश्यक कर्मचारीको व्यवस्था गरिनेछ । पुल अन्र्तगत हुने सम्पूर्ण कार्यलय सञ्चालन खर्चलाई सहभागी कम्पनीहरुको बीमाशुल्क प्राप्तीको अनुपातमा बाँडफाँड गरिनेछ । सञ्चालन खर्च पुल सञ्चालनमा सहभागी हुने कम्पनीहरुको दुई महिनाको बास्तविक खर्चको आधारमा तय गरिनेछ ।

बैदेशिक रोजगार जीवन बीमालेख सम्बन्धमा गर्नुपर्ने विभिन्न मूल्यांकनहरु आवश्यकता अनुसार त्रैमासिक अर्धबार्षिक वा बार्षिक रुपमा पुलबाट गरिनेछ र सोको लागि लाग्ने खर्च सहभागी कम्पनीहरुले बिमाशुल्क प्राप्तीको अनुपातमा व्यहोनुपर्नेछ ।
सहभागी जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार जीवन बीमाको लागि प्रयोग गरि आएको सफट्वेयर युजरमैत्री, सुरक्षित र विश्वसनीय बनाईने कम्पनीहरुले कार्यविधिमा उल्लेख गरेका छन् । तोकिएको जीवन बीमा कम्पनीहरु बाहेकका अन्य कम्पनीहरुको युजर आईडी बन्द गर्न बैदेशिक रोजगार विभागलाई अनुरोध गरिने कार्यविधिमा उल्लेख छ । साथै बैदेशिक रोजगार बीमा भुक्तानी दायित्व कम हुने भएकाले पुर्नबीमा गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS