IME Life

बीमा गर्नलाई इच्छा भए पुग्छ : मनोजकुमार लाल कर्ण, प्रमुख कार्यकारी अधिकृत ,युनियन लाईफ इन्स्योरेन्स

SPIL
NIC ASIA
मनोजकुमार लाल कर्ण, प्रमुख कार्यकारी अधिकृत, युनियन लाईफ इन्स्योरेन्स

नेपालमा बीमा कम्पनीको संख्या बढेसँगै  बीमाको पहुँच पनि बढ्दै गएको छ । तर, नेपालको ठूलो जनसंख्या बीमाको पहुँच भन्दा बाहिर छन् । कम्पनीहरु शहरमा मात्रै केन्द्रित हुदाँ ग्रामिण भेगमा भने बीमाको पहुँच पुग्न नसकेको विज्ञहरु बताउँछन् ।

यस्तो अवस्थामा नेपालमा बीमाको पहुँच विस्तार गर्न के गर्नुपर्छ, अहिलेको बीमाको अवस्था के छ तथा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आगामी योजना के छ भन्ने बिषयमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णसँग इन्स्योरेन्स इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार :

Prabhu
Crest

हालको बीमाको बजारको स्थिती कस्तो रहेको छ ?
बीमाको हालको बजार धेरै नै राम्रो रहेको छ । हाल १९ वटा कम्पनीहरु बीमा बजारमा रहेको छ । पुराना ९ वटा कम्पनीहरु रहेको छ । नयाँ १० वटा लाइसेन्स पाएका छन् । सबैले राम्रोसगँ व्यापार गरिरहेको छ । जीवन बीमाको बजार खाली नै रहेको छ । बीमा बजारमा खाली नै रहेको हुदाँ राम्रो गर्न सके व्यवसायीक हिसाबले नि राम्रो नै देखिएको छ । सम्रगमा भन्दा बीमा बजार राम्रो नै रहेको छ ।

नयाँ कम्पनीहरुले बीमा बजारलाई कस्तो सहयोग गरेको छ ?
नयाँ कम्पनीहरु आएसगै पुराना कम्पनीहरुलाई हौसला पनि भएको छ । नयाँ कम्पनी आएसगै प्रतिस्पधाको भावना पनि बढ्दै गईरहेको छ । यसको साथै हिजोको दिनमा रहेको बीमीतको सङख्या एवं पहुँच र यसको बजारमा समेत वृद्धि भएको छ । यति मात्र नभई बीमा कम्पनीहरुको सङख्या बढेसगै रोजगारीको वातावरण पनि यसले सिर्जना गरेको छ । थुपै अभिकर्ताहरुले काम गर्ने वातावरण पाएको छ । हिजोको दिनमा रहेको बीमा पहुँच र आज भएको पहुँचमा समेत परिर्वतन आएको छ । नयाँ कम्पनीहरुको बजारमा उपस्थिती रहेसँगै नयाँ क्षेत्रमा शाखा विस्तार गर्ने एवं अन्य कामहरु पनि विस्तारै राम्रो हुदै गईरहेको छ ।

बीमा समितिको तथ्यांक अनुसार नेपालमा बीमाको पहुँच १६ प्रतिशत पुगेको छ ? बीमाको पहुँच बढ्नुको कारण के देख्नुहुन्छ ?

बीमा कम्पनीहरुको सँख्या बढेसँगै बीमा कम्पनी थपीएसँगै बीमा कम्पनीहरुमा अभिकर्ता पनी थपिएको छ । बीमा कम्पनीहरु भनेको अभिकर्तामुखी कम्पनी हो अभिकर्ता नभई बीमा कम्पनीहरु प्रत्येक कम्पनीहरुले अभिकर्ता उत्पादन गरिरहेका छन् । अभिकर्ताहरु बजारमा गईरहेको छ । बीमा सम्बन्धि जनचेतनाका लागि उनीहरु बीमीतको घरदैलोमा नै पुगीरहेका हुन्छन् । १९ वटा कम्पनीहरुले आफनो जिल्ला –जिल्लामा शाखा पनि विस्तार गरेको छ । त्यहाँ कम्पनीहरुले अभिकर्ता उत्पादन गरिरहेको छ । बीमा समिति पनि केही बर्षयता तिव्र रुपमा अघि बढीरहेको छ । समितिले पनि जनचेतना लगायत अन्य कामको लागि निकै जोडजाडका साथ लागिरहेको छ । कम्पनीले आफनो तर्फबाट काम गरिहरहेको छ भने बीमा समिति आफनो क्षेत्रबाट लागि रहेको हुदाँ यसको पहुँचमा वृद्धि भएको हो ।

कम्पनीको चालु आवको प्रथम र दोस्रो त्रैमासको अवस्था रहयो ?

पहिले त्रैमासको वित्तिय विवरण भन्दा हाम्रो दोस्रो त्रैमासको वित्तिय विवरण निकै राम्रो भएको छ । हामीले दोस्रो त्रैमासमा १ अर्ब ६ करोडको हाराहारी प्रथम बीमा शूल्क आर्जन गरिसकेका छौ । जुन आफैमा ठूलो कुरा हो ।

कम्पनीले आईपीओ कहिलेसम्म जारी गर्दैछ ?

हामी नयाँ कम्पनीहरुको हकमा २ अर्ब पुराउनु नै पर्छ भन्ने परिधि चाहि रहेको हुदैन । हामीले अहिले नै एकीनका साथ भन्न सक्दैनौ । हामीले धितोपत्र बोर्डमा पठाउने शिलशिलामा छौ । हामीले इस्यू म्यानेजर पनि नियुक्ती गरि सकेको छौ । आर्थिक बर्ष २०७४/७५ मा हामीले कारोबार गरिसकेका छौ । नियम अनुसार नै हामी आईपीओ ल्याउने छौ ।

नयाँ कम्पनीमध्ये युनियन लाईफको वित्तिय अवस्था राम्रो देखिएको छ । यसको कारण के हो ?

हाम्रो एउटा टिम वर्कको कारणले गर्दा कम्पनीको प्रस्तुती राम्रो भएको हो । हाम्रो टिमले बजारमा कसरी जान सकिन्छ र कसरी जाँदा प्रभाकारी हुन सक्छ त ? भन्ने बिषयमा हामी आफै काम गरिरहेका हुन्छौ । यसका साथै हामीले कर्मचारी एवं अभिकर्ताहरुलाई तालिम दिईरहेका हुन्छौ ।

नयाँ बीमा विद्येयकमा एउटा अभिकर्ताले एउटै कम्पनीमा काम गनुपर्छ भन्ने व्यवस्था गरिएको छ । तर, बीमा अभिकर्ताहरुले भने यसको विरोध गरिरहेका छन् । यस बिषयमा तपाईको भनाई के भन्नुहुन्छ ?

यस बिषयमा मलाई त्यत्ति धेरै जानकारी छैन । तर मेरो विचारमा बीमा कम्पनीको नियम रहेको छ भन्ने पक्कै पनि त्यसै अनुसार नै चल्नु नै पर्छ । नयाँ बीमा विधेयक पनि आउदैछ । ऐनलाई त अनुसरण गर्नु नै पर्छ । तर मेरो विचार अनुसार एउटा अभिकर्ताले एउटै मात्र कम्पनीमा मात्र नभई अन्य कम्पनीहरुमा पनि काम गर्न पाउनुपर्छ ।

बजारमा नक्कली पोलिसीहरु आईरहेको छ ? बीमीतहरु यसबाट कसरी सजग हुने त ?

कसैले नियतबस कुनै कम्पनीको नाममा नक्क्ली पोलिसीहरु बनाएको छ भने त्यो गलत हो । अहिले बैदेशिक रोजगार बीमामा यस्तो समस्या देखिएको छ । हाम्रो क्षेत्रमा भने यसको समस्या छैन भन्दा पनि हुन्छ । तर बीमीत पनि यो कुरामा आफै सजग रहन जरुरी रहेको हुन्छ । कुन कम्पनी मार्फत बीमा गर्दैछु । बीमीतले पोलिसी नम्बरहरु हेर्नु पर्ने हुन्छ ।

कम्पनीहरुले अभिकर्तालाई जथाभावी विदेशी भ्रमण गराए भनेर बीमा समितिले भ्रमणमा रोक लगाएका छ नि ? के कम्पनीले जथाभावी घुमाउँने गर्छन् त ?

यो निति पक्कै पनि राम्रो नै हो । विदेशमा अभिकर्ताहरुलाई भम्रणमा पठाउनु हुदैन । बाहिर लगेर कम्पनीको याव्त खर्च रोक्नको लागि चालेको यो एउटा राम्रो नै कदम हो । कम्पनी जथाभावी घुमाउँने त गरेको छैन । तर पनि यो कदम राम्रो नै हो ।

बीमा प्रती आम जनमानसको धारण कस्तो रहेको पाउनुभएको छ ?

बीमा गरयो भने आर्थिक सुरक्षा हुन्छ । भोलिको दिनमा सुरक्षित हुनुको साथै यो एउटा अनिश्चित जोखिमको साथी पनि हो भनेर अधिंकाश मानिसहरुले यसको बारेमा थाहा पाईसक्नु भएको छ । त्यसैले हिजोको दिनमा भन्दा आजको दिनमा बीमा गराउनेको सङख्या पनि बढीरहेको छ ।

बीमा क्षेत्रको चुनौतीहरु के–के हुन् ?

मेरो विचारमा हालको स्थितीमा जीवन बीमाको हकमा त्यस्तो चुनौतीहरु रहेको छैन । कम्पनीहरुले आ–आफनो क्षेत्रबाट राम्रो व्यवसाय पनि गरिरहेको छ । बीमा बजार लगभग पूरै नै खाली छ । जती लिन सकिन्छ । व्यवसायको वातावरण निकै राम्रो रहेको छ । अझै तिन/चार बर्षसम्ममा यसमा खासै चुनौतीहरु आउदैन भन्ने मेरो धारणा रहेको छ ।

समितीले तालिम केन्द्र स्थापना गरेको छ ? बजारमा रहेको दक्ष जनशक्तिलाई परिपूती गर्ने काम गर्छ त ?

यसले पक्कै पनि भोलिको दिनमा बीमा बजारमा रहको दक्ष जनशक्तिको अभावलाई परिपूति गर्ने काम गर्दछ । बीमा बजार बढेसँगै दक्ष जनशक्तिको आवश्यक पनि हुदै गईरहेको छ । बीमा समिति ल्याएको तालिम केन्द««ले भावी दिनमा पक्कै पनि निकै राम्रो हुने अपेक्षा सबैको यसमा रहेको छ ।

बजारमा एउटै किसीमको पोलिसीहरु नै छन् ? केही नयाँ खालको नभएको गुनासो पनि नि त ?

सम्रग बीमाको स्थिति हेर्ने हो भने बीमा सबैले गरेको छैन । यहाँ बीमा १४ प्रतिशत पुगेको छ भनेता पनि तर त्यत्तिको हाराहारीमा पुगीसकेको छैन । आखिर बीमा त त्यहि नै हो । त्यसलाई काटँछाट गरे नयाँ पोलिसी बनाउने नै हो । बीमा गर्ने भए त पूरानै बीमा पोलिसी नै ठिक हुन्छ नी । यदि उसले पूरानो बीमा गरेको छ भने पो त नयाँ बीमा उसले लागि उत्साहजनक हुन्छ । त्यही भएको पूरानो पोलिसी नै काफी छ । यदि बीमा गर्ने हो भने पनि पूरा बीमा गर्नेको सङख्या निकै कम छ ।
प्रविधिको प्रयोग मार्फत ग्राहकहरुलाई सुविधा दिने केही व्यवस्था गर्नुभएको छ वा छैन ?

हामीले डिजिलाइजेशन अनुसार जाने काममा भईरहेका छौ । यदि कसैले बीमा पोलिसीहरुको बारेमा जानकारी लिन कम्पनीको वेवसाईटबाटै हेर्ने सक्ने व्यवस्था गरिएको छ । यसको लागि त केही समय लाग्छ । तर भोलिको दिनमा ग्राहकहरुको सुविधाको मध्यनजर गरेर हामीले पनि यस्ता सुविधा ल्याउन सक्छौ । तर यो कुनै ठूलो कुरा भने हैन ।

सरकारले कस्तो निति ल्याउँदा बीमा बजार अझै अघि बढ्न सक्छ ?

सरकारले २५ हजारसम्म दिएको कर सम्बन्धि छुट दिएको छ त्यसलाई बढाउनुपर्ने देखिन्छ । जस–जसको बढी कर छुट भईरहेको छ । उनीहरु बीमा प्रति अझ केही आर्कषण हुने देखिन्छ ।

बीमा चेतना वृद्धिको लागि के गनुपर्छ ?

बीमा सम्बन्धि चेतनाको लागि प्राथमिक तह देखि नै बीमाको पाठ्यक्रममा राख्नुपर्छ । बीमा सम्बन्धि जानकारी प्राथमिक तहदेखि नै भयो भने यसको चेतनामा वृद्धि हुन सहयोग गर्दछ । पाठ्यक्रममा नै यसलाई समावेश गरिदा यसको चेतनामा पक्कै पनि वृद्धि हुन्छ । बीमा सम्बन्धि जागरणले मात्र भन्दा पनि यसलाई ध्यान दिनु जरुरी देखिन्छ ।

‘यदि ईच्छा छ भने बीमा सबैले गर्न सक्छ ।  दैनिक रुपमा चिया, चुरोट, खैनी खाने पैसा जोगाएर बीमा गर्न सकिन्छ । ती सबै खर्च जोगाएर ईच्छा भयो भने बीमा गर्न सकिन्छ ।’ 

बीमा धनीको लागि मात्र हो भनिन्छ नी ?

बीमा सबैले गर्ने सकिन्छ । यदि ईच्छा छ भने बीमा सबैले गर्न सक्छ । लगभग निम्न आय भएको व्यक्तिले बीमा गर्न सकिन्छ । दैनिक रुपमा चिया, चुरोट, खैनी खाने पैसा जोगाएर बीमा गर्न सकिन्छ । ती सबै खर्च जोगाएर ईच्छा भयो भने बीमा गर्न सकिन्छ । आजको युगमा पनि पैसा छैन भन्ने नै हुदैन । मेरो विचारमा बीमा धनीको लागि मात्र अरुले गर्न सकिदैन भन्ने चाहि हुदैन । कुनै लेबरको लागि काम गर्न खोज्न गर्यो भने पाउदैन । कसरी हामी भन्न सक्छौ कि खर्च नभएर बीमा नगरेको हो भनेर एकीनका साथ त्यही बाट पनि पुष्टि हुन सक्छ ।

कम्पनीको आगामी रणनितिहरु के–के छन् ?

हामीले आगामी दिनमा कर्मचारी थप्ने, शाखा विस्तार गर्ने, नयाँ नयाँ बीमा योजना ल्याउने योजना बनाएका छौ । नयाँ–नयाँ शाखा खोले बीमा व्यवसाय भित्राउँन सहज हुन्छ । त्यसैले हामी त्यसमा लागि रहेका छौ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS