Prabhu Life Ad Final

प्रदेश नं २ मा नवजात शिशुको जीवन बीमा

IME PAY

प्रदेश २ सरकारले नवजात शिशुको जीवन बीमा गरिदिने भएको छ । २ नम्बर प्रदेशले आठ जिल्लाका एक एक गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका, महानगरपालिका गरी आठ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिने वित्तिकै बीमा गरिदिन थालेको हो ।

तराईमा भ्रूण हत्या अन्त्य गर्न माघ १ गतेदेखि जन्मिएका शिशुको जीवन बीमा शुरु गरेको स्रोतले जनाएको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाउ’ नीति तथा कार्यक्रम अन्तर्गत प्रदेश २ को आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट र पर्साको आठ स्थानीय तहका सबै वडामा जन्मिने नवजात शिशुको नाममा जीवन बीमा गरिदिन थालेको बताए । ‘यहाँ बेटीले जन्मिनै पाउँदैनन्, कैयौँंको गर्भमै हत्या हुन्छ’, मुख्यमन्त्रीले भने, ‘यसलाई रोक्न हामीले शिशुको जीवन बीमा थालनी गरेका हौँ ।’

NCHL

मुख्यमन्त्री राउतका अनुसार प्रदेश २ सरकारले घोषणा गरेको ’बेटी बचाउ, बेटी पढाउ’ नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै पहिलो चरणमा माघ १ गते देखि जन्मिने हरेक शिशुको नाममा एक लाख २५ हजार रुपैयाँ बराबरको बीमा गरिदिन थालेको छ ।

बजेट तर्जुमा गरी चरणबद्ध रूपमा आठवटै जिल्लाको सबै स्थानीय तहको वडा तह, घरसम्म विस्तार गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राउतले जानकारी दिएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x