आशा लघुवित्तको आईपीओ आजदेखि , ३ हजार ३७० कित्तासम्म आवेदन दिन सकिने

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आज बाट निष्काशन भएको छ । लघुवित्तले ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

कुल ६ लाख ७४ हजार कित्ता मध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । जसमा आवेदकले न्यूनतम १० कित्ता देखि ३ हजार ३७० कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

आईपीओ निष्कासन बन्द छिटोमा माघ २२ र ढिलोमा फागुन १९ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार