अजोड इन्स्योरेन्स र नबिल बैंक बीच बीमा सेवा सम्झौता

अजोड इन्स्योरेन्स लि. र नविल बैंक लि. बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लि का तर्फवाट सहायक महाप्रबन्धक महेश राज खरेल र नबिल बैंकका तर्फबाट सहायक महाप्रबन्धक निरज शर्मा ले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार