लुम्बिनी जनरल इन्स्योरेन्स र कामना सेवा बैंक बीच बीमा सेवा सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंक बीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधान र कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल देश भरि ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार