IME Life

६५ प्रतिशत हकप्रद निष्काशन गर्ने नेपाल इन्स्योरेन्स कस्तो छ ? हेरौ कम्पनी विस्लेषण

SPIL
NIC ASIA

कम्पनीको प्रकार: निर्जीवन बीमा

संचालक समिति

Prabhu
Crest

 

 

 

 

व्यवस्थापन समिति 
बिजय बहादुर शाह-प्रमुख कार्यकारी अधिकृत
प्रधान कार्यालय  कमलादी, काठमान्डौ
सेयर रजिष्ट्रार : एन. आई. बी. एल. एस. क्यापिटल
Symbol: NICL
प्रमुख गतिविधि
धितोपत्र बोर्डले नेपाल इन्स्योरन्स कम्पनीलाई चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति दिएको छ । ६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्ने छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य  दिएको थियो ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को पहिलो त्रैमासको वित्तिय विवरण :

नेपाल इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद मुनाफा ४ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा २ करोड ६५ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ६९ प्रतिशतले वृद्धि भएको छ ।
  • इन्स्योरेन्सको जगेडा कोषको आकार ६६ प्रतिशतले वृद्धि भएर २६ करोड ५१ लाख पुगेको छ ।
  • कम्पनीको बीमा कोष ३९ प्रतिशतले वृद्धि गरेर २० करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
  • कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म ३२ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमास भन्दा ५२ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा २४३८२ प्रतिशतले वृद्धि भएर १२ करोड ५८ लाख पुगेको छ ।
  • यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम १५६ प्रतिशतले वृद्धि भएर ८ करोड ३० लाख रहेको छ भने खुद दावी भुक्त्तानी ४ करोड १३ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा २४८१७ प्रतिशतले धेरै हो भने १ अर्ब ४ करोड दावी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीको प्रति शेयर आम्दानी १७ प्रतिशतले कम हुँदै २९ रुपैया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा ३५ रुपैयाँ १ पैसा थियो।
  • कम्पनीको प्रथम त्रैमासमा प्रतिशेयर नेटवर्थ १ सय ७६ दशमलव ७० रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य ३ सय ९६ रुपैयाँ रहेको छ ।

निष्कर्ष:
आर्थिक वर्ष ७१/७२मा नोक्सानीमा गएकोमा हाल आएर कम्पनीको व्यवसाय वृद्धि हुँदै छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको ६५ प्रतिशत हकप्रद पश्चात कम्पनीले बीमा समितिले तोकेको १ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छ।
कम्पनीले बीमा शुल्क आर्जन रकममा राम्रो वृद्धि गरेको छ।

पुँजी वृद्धि अनुसार खुद नाफा वृद्धि हुन नसक्दा कम्पनीको प्रति शेयार आम्दानी भने घटेको छ । अब आउने ६५ प्रतिशत हकप्रद शेयरले त झन कम्पनीलाई प्रति शेयर आम्दानी सन्तुलनमा राख्न समस्या पर्ने देखिन्छ ।
कम्पनीको कायम बीमा लेख संख्या २०१ प्रतिशतले वृद्धि भएको छ । जसले कम्पनी आफ्नो व्यापार व्यवसाय फैलाउन सफल भएको प्रस्ट देखिन्छ ।

नेपाल इन्स्योरेन्सको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :अरु निर्जीवन बीमा इन्स्योरेन्स कम्पनी संग नेपाल इन्स्योरेन्सको तुलनात्मक अध्ययन ( पहिलो त्रैमासको आधारमा)
चुक्ता पुँजी र जगेडा कोषको आधारमा
बीमा कोषको आधारमा
कुल र खुद बीमा शुल्क को आधारमा

खुद नाफा र प्रति शेयर आम्दानीको आधारमा


नेप्सेमा २०७५/१०/१६ गते कारोवार भएको ग्राफ
खुला:५७९ उच्च:५७९ न्यून:५६२ बन्द:५७०
कारोवार परिमाण: १३१४

ग्राफ श्रोत डाटा एनालाईटिक्स
पिभोट टेबल
(२०७५/१०/१६ गतेको कारोवार अनुसार :

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS