SKIP THIS

PCL

लाइफ इन्स्योरेन्सको सीईओमा लक्ष्मीप्रसाद दास नियुक्त


लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी संचालक समितिको ९७ औं बैठकले माघ १५ गतेदेखि लागू हुने गरी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो ।

सिईओ दासको २६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनभव रहेको छ । नी यसअघि एलआईसी अफ इन्डियामा सिनियर डिभिजनल म्यानेजरको रुपमा कार्यरत थिए ।साथै, उक्त समितिले इन्स्योरेन्सको संचालकको रुपमा हेमन्त भार्गवलाई नियुक्त गरेको छ । जीवन बीमामा ३७ वर्षको अनुभव संगालेका नवनियुक्त भार्गव एलआईसी अफ इन्डियाको वर्तमान कार्यकारी अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार