IME Life

१३ दशमलव ५ प्रतिशत बोनस प्रस्ताव गरेको नेशनल लाईफ कस्तो छ ? हेरौ कम्पनी विस्लेषण

SPIL
NIC ASIA

कम्पनीको प्रकार : लाईफ इन्स्योरेन्स
Symbol: NLICL


प्रधान कार्यालय :लाजिम्पाट, काठमाडौं
सेयर रजिष्ट्रार : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, काठमाडौं
वेबसाईट : www.nationallife.com.np
प्रमुख गतिविधी :
नेशनल लाईफ इन्स्योरेन्सले अझै आफ्नो आर्थिक वर्ष ७३/७४ को वार्षिक साधारण सभा गर्न बाँकी नै छ । कम्पनीले आर्थिक वर्ष ७३/७४ को लागि १३ दशमलव ५० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभासं बीमा समिति र कम्पनीको आर्थिक वर्ष ७३/७४ को वार्षिक साधारण सभाले पारित गर्न बाँकी छ । अहिले कम्पनीको पुँजी २ अर्ब ६२ करोड छ । प्रस्तावित बोनस पश्चात कम्पनीको पुँजी ३ अर्ब पुग्ने छ ।

नेशनल लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/७६कोे प्रथम त्रैमासको वित्तिय विवरण :कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६  र २०७४/७५ बीच तुलना गर्दा :

Prabhu
Crest
  • कम्पनीले प्रथम त्रैमाससम्ममा ८ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ
  • कम्पनीले प्रथम त्रैमासको प्रतिवेदनमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९६ पैसा रहेको छ ।
  • कम्पनीको जगेडा ११२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड २३ लाख रहेको जगेडा यो त्रैमासमा ७२ करोड ६७ लाख पुगेको छ ।
  •  कम्पनीको जीवन बीमा कोषमा २३ प्रतिशतले वृद्धि भएर २२ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, महाविपति जगेडाकोष कोषमा कम्पनीले १७ करोड ५ लाख रुपैयाँ संचित छ ।
  •  कम्पनीको कुल विमा शुल्क आर्जन रकम ३ प्रतिशतले वृद्धि भएर १ अर्ब ४२ करोड रुपैयाँ पुग्दा खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा ५ प्रतिशतले वृद्धि भएर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
  • यस त्रैमाससम्ममा कुल दावी भुक्त्तानी रकम ५८ प्रतिशतले वृद्धि भएर ६८ करोड ५४ लाख रुपैयाँ रहेको छ त्य्स्तै खुद दावी भुक्त्तानी रकम ६४ करोड ६५ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ६२ प्रतिशतले वृद्धि भएको हो ।
  • कम्पनीको प्रथम त्रैमासमा प्रतिशेयर नेटवर्थ १ सय २७ दशमलव ६९ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य १ हजार ५४ रुपैयाँ रहेको छ ।
  • कम्पनीको भुक्तानी हुन बाँकी दावी रकाम ६३ प्रतिशतले वृद्धि भएर २४ करोड ६९ लाख रहेको छ ।
  •  कम्पनीको कुलकायम रहेको बीमा लेख संख्या ७ प्रतिशतले कमी आउदै ७४ लाख ७४ हजार पुगेको छ ।

निष्कर्ष :
कम्पनीले आर्थिक वर्ष ७५/७६ लागि सक्दा पनि आर्थिक वर्ष ७३/७४ को वार्षिक साधारण सभा गर्न सफल भएको छैन । कम्पनीले बीमा समितिले जीवन बीमा कम्पनीलाई दिएको २ अर्ब पुँजीको लक्षय हासिल गरेपनि समयमा वार्षिक साधारण सभा नहुनु कम्पनीको एउटा नकारातमक पक्ष रहेको छ ।
कम्पनीले बीमा शुल्क आर्जन रकममा सामान्य मात्र वृद्धि गर्न सफल भएको छ र कुल कायम बीमा लेख संख्यामा कमी आएको छ ।
कम्पनीको जगेडा कोषको आकार भने ११२ प्रतिशतले वृद्धि हुन् सफल भएको छ । जीवन बीमा कोष पनि २३ प्रतिशतले वृद्धि हुनु सकारात्मक पक्ष रहेको छ ।
कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

अरु लाईफ इन्स्योरेन्स कम्पनी संग नेशनल लाईफको तुलनात्मक अध्ययन ( पहिलो त्रैमासको आधारमा)
चुक्ता पुँजी र जगेडा कोषको आधारमा

जीवन बीमा कोषको आधारमा

कुल र खुद बीमा शुल्क को आधारमा

खुद नाफा र प्रति शेयर आम्दानीको आधारमा

कम्पनीकोे विगत ५ वर्षको लाभास :
(प्रतिशतमा)
*प्रस्तावित
नेप्सेमा २०७५/१०/१५ गते कारोवार भएको ग्राफ
खुला : ६८५ उच्च :६८५ न्यून : ६७६ बन्द :६७८

पिभोट टेबल
(२०७५/१०/१५ गतेको कारोवार अनुसार :

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS