Prabhu Life Ad Final

प्रविधीको प्रयोग गरेर अघि बढ्नुपर्छ:योगेश भक्त बादे श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, आईएमई जनरल इन्स्योरेन्स कम्पनी

IME PAY
योगेश भक्त बादे श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, आईएमई जनरल इन्स्योरेन्स कम्पनी

प्रभु इन्स्योरेन्सको अफिसर तहबाट आफनो करिअर सुरु गरेका योगेश भक्त  बादे श्रेष्ठ हाल आईएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी रुपमा कार्यभार समालिरहेका छन् । यस अघि आईमईमा नै कायमुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका श्रेष्ठलाई कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको हो । श्रेष्ठ २३ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । यसै सन्दर्भमा कम्पनीको हालको स्थिती र आगामी रणनितीहरुको बारेमा    उनी श्रेष्ठसँग इन्स्योरेन्सखबरकर्मीले  गरेको कुराकानीको सार ः

बीमाको बजारको हालको स्थिति कस्तो रहेको छ ? यसमा निर्जिवन बीमाको बजारको अवस्था के छ ?

बीमाको हालको स्थितीलाई हेर्ने हो भने यसको बजार राम्रो नै रहेको छ । बैंकहरुमा भएको तरलताले यसमा केही समस्या देखिरहेको छ । बीमाको बजार पछिल्लो समयलाई मध्यनजर गरेर हेर्ने हो भने कम्पनीहरु बढेसँगै यसको बजारमा परिर्वतन आईरहेको छ । हिजोको दिनमा बजार पनि यही अनुसार रहेका थियो । बीमाको पहुँच पनि १२ बाट १४ प्रतिशत पुगेको छ ।

कम्पनीहरुमा थप तिन नयाँ कम्पनीहरु थपिएका छन् यसले बीमाको बजारलाई कस्तो असर गर्दछ ?

बीमा कम्पनीहरुमा पहिला नै १७ वटा कम्पनीहरु रहेका थिए । जसमा ३ वटा नयाँ कम्पनीहरु थपीएका छन् । यसले बजारमा राम्रो नै भएको छ भन्नु पर्दछ । यसले बीमाको बजारमा फाईदा नै पुराएको छ । हिजोको दिनमा कम्पनीहरु कमी भएसगै चेतनाको पनि कमी रहेको छ । कम्पनी बढेसगै यसले असर भन्दा पनि यसले फाईदा चै गरेको छ ।

NCHL

बीमा कम्पनीहरुले अझै पनि समयमा दाबी भुक्तानी गदैन भन्ने गुनासोहरु रहेको छ ? तथ्याङकले पनि त्यही नै देखाउछ ? यसको कारण के होला ?
बीमा कम्पनीहरुको पनि आफनो नियमहरु रहेको हुन्छ दाबीको हकमा यदि कम्पनीहरुलाई समयमै कागजातहरु पेश गरेको छ भने हामी त्यसमा भुक्तानी गर्ने गर्दछौ । यदि बीमीतले नै आवश्यक कागजातहरु पेश गदैन भने हामीले भुक्तानी दिन मिल्दैन । समयमा नै आवश्यक कागजात पेश गर्दा बीमीतलाई दाबी भुक्तानी गर्न कुनै समस्या नरहने हुन्छ ।

सरकारले दिने कृषि अनुदान कम्पनीहरुमा ढिला समयपछि मात्र आउँछ भन्ने गुनासो रहेको छ ? यसको कम्पनीलाई असर गर्छ वा गर्दैन ?
कृषिको क्षेत्रमा भन्ने हो भने यसमा हामीलाई समस्या रहेको छ । सरकारले कृषि बीमा गर्दा ७५ प्रतिशत अनुदान दिने गरेको छ । किसानहरुले दाबी भएपछि कम्पनीमा दाबीको लागि आउने गर्छ । उक्त समयमा कम्पनीले नै कृषि अनुदानबाट ढिला भएपनि हामीले बीमीतलाई भुक्तानी गनुपर्ने हुन्छ । यसै बिषयमा केही बहस पनि भईरहेको छ भन्ने सुनिन्छ । चाडै नै यस समस्याको सामाधान हुने भए राम्रो हुन्थ्यो ।

समितिले नयाँ तालिम केन्द्र स्थापना गरेको छ, र त्रिभुवन विश्वविद्यालयबाट बिमांकी अध्ययनले पनि मान्यता पाएको छ । यसबाट तपाईहरुले कस्तो अपेक्षा राख्नु भएको छ ?

बीमा क्षेत्रमा केही दक्ष जनशक्तिको अभाव पनि रहेको छ । यसबाट बीमाको आगामी बजारलाई निकै राम्रो नै हुन्छ । बीमा बजारमा भएको समस्यालाई समाधान गर्ने यसले ठूलो सहयोग गर्ने रहेको छ ।

बीमाको दायरा बढाउन सरकारले के गनुपर्छ ?

बीमाको दायरा बढाउन सरकारले बीमा चेतना बढाउनुपर्छ । बीमा चेतनाको कै कारण बीमाको पहुँचमा वृद्धि हुने भएको कारण यसमा बिशेष ध्यान दिनु जरुरी देखिन्छ । यसका साथै बीमा क्षेत्रमा कसरी आकर्षण गर्ने त्यसै अनुरुप कार्यक्रम अघि बढाउनु जरुरी देखिन्छ ।

कम्पनीको आगामी रणनितीहरु के के छन् ?

समय अनुसार नै हामी पनि अघि बढ्नु जरुरी रहेको हुन्छ । प्रविधीको समयमा हामीले पनि त्यसै अनरुप नै अघि बढ्नु जरुरी रहेको देखिन्छ । प्रविधीसेवामा बिशेष प्राथमिक दिने, कम्पनीको शाखा विस्तार गर्न, ग्राहकको सुविधाको लागि स्मार्ट पेमेन्टको ल्याउने बीमीतलाई दाबी प्रकृयामा कसरी छिटो छरीतो सुविधा दिन सकिन्छ भन्ने कुरामा हामी अघि बढ्दै जाने रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x