IME Life

एनआई सी एसियाको लोभलाग्दो “ग्रोथ“, वितरणयोग्य मुनाफा नै अर्ब माथि ! हेरौ कम्पनी विष्लेषण

SPIL
Sanima Reliance

कम्पनीको प्रकार : वाणिज्य बैंक
Symbol: NICA

Crest
Meta Holidays

सञ्चालक समिति :

व्यवस्थापन समिति
रोशन कुमार न्यौपाने प्रमुख कार्यकारी अधिकृत

प्रधान कार्यालय : ट्रेड टावर,थापाथली
सेयर रजिष्ट्रार : एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल
वेबसाईट :www.nicasiabank.com

प्रमुख गतिविधिः
एनआईसी एशियाबैंकले एक हजार रुपैयाँ अंकित मुल्यमा ४ अर्ब रुपैयाँको ऋणपत्रमा माघ १३ गते देखि आवेदन खुला गरेको छ । ‘१० प्रतिशत एनआइसी एशिया ऋणपत्र २०८५/८६’ नाम रहेको र १० वर्ष अवधिको उक्त्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर प्राप्त हुने छ । व्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने छ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन दिन सक्ने छन् ।

एनआईसि एशिया बैंक लिमिटेडको आर्थिक वर्ष २०७५/७६को दोश्रोे त्रैमासको बित्तीय विवरण :

(रु. हजारमा)

( नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार प्रकाशित बित्तीय विवरणमा आधारित )

 कम्पनीकोे सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक बित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
बैंकले यो अवधिमा आफ्नो खुद नाफामा १६४ प्रतिशतले वृद्धि आएको छ । बैंकले यो त्रैमाससम्म १ अर्ब ५१ करोड रुपैया खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा सोहि अवधिमा बैंकले ५७ करोड १७ लाख खुद नाफा कमाएको थियो ।
चुक्ता पुँजी बढे अनुसार नाफा बढ्दा बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ २४ पैसा बाट बढेर ३४ रुपैयाँ २२ पैसामा आएको छ ।
निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा १ खर्ब ७५ अर्ब निक्षेप उठाई १ खर्ब ४९ अर्ब रुपैंया कर्जा प्रवाह गर्न सफल भएको छ ।
निक्षेप ४६ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ४८ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी १३३ प्रतिशतले वृद्धि भएर ३ अर्ब ६० करोड पुगेको छ । त्यस्तै बैंकको संचालन नाफा १७२ प्रतिशतले वृद्धि भएर २ अर्ब १३ करोड पुगेको छ ।
ड् समिक्षा अवधिमा बैंकको निस्क्रिय कर्जा शुन्य दशमलव २६ प्रतिशतबाट बढेर शुन्य दशमलब ३ प्रतिशतमा आएको छ ।
बैंकको सिसिडि रेशियो ७८ दशमलव ७१ प्रतिशतमा रहेको छ । सिसिडी अनुपात ८० प्रतिशत नजिकै भएकाले बैंकले निक्षेप संकलनमा ध्यान दिनु पर्ने देखिन्छ ।
बैंकले प्रकाशन गरेको प्रकाशित दोश्रोे त्रैमासको वित्तीय विवरण अनुसार कोषको लागत ७ दशमलव १६ प्रतिशत, आधार व्याज दर ९ दशमलव ३३ प्रतिशत, ब्याज स्प्रेडदर ४ दशमलव ९८ प्रतिशत र वितरणयोग्य मुनाफा १ अर्ब २६ करोड २ लाख रुपैयाँ रहेको छ ।

एनआईसि एशिया बैंककोे विगत २ वर्षको प्रमुख बित्तीय विवरण :
(रु. हजारमा)

कम्पनीको विगत ५ वर्षका केही महत्वपूर्ण अनुपातहरु :

निस्कर्ष:
कम्पनीले आफ्नो खुद नाफामा उल्लेखनीय सुधार ल्याउन सफल भएको छ । पुँजी १० प्रतिशतले वृद्धि हुँदा प्रति खुद नाफामा आएको १६४ प्रतिशतले वृद्धिले कम्पनीको प्रति शेयर आम्दानी १४० प्रतिशतले वृद्धि हुन सफल भएको छ । कम्पनी आफ्नो व्यापार व्यवसायमा निकै आक्रामक रुपमा प्रस्तुत भएको छ । कम्पनीले निक्षेप र कर्जामा क्रमश ४६ र ४८ प्रतिशतको वृद्धि गर्न सफल भएको छ ।
कम्पनीको जोखिम भारीत सम्पत्ति (सी ए आर ) भने १३ दशमलव ५६ प्रतिशतबाट घटेर ११ दशमलव ९७ प्रतिशत पुगेको छ । त्यसैले कम्पनीले ऋण पत्रमा जोड दिदै आएको छ । कम्पनीको आधार व्याज दर घटाउन सफल भएको छ जुन सकारातमक पक्ष रहेको छ ।

कम्पनीकोे विगत ५ वर्षको लाभास :

नेप्सेमा २०७५/१०/१४ गते कारोवार भएको ग्राफ
खुला : ३९१ उच्च : ३९४ न्यून : ३९१ बन्द : ३९३

पिभोट टेबल 
(२०७५/१०/१४ गतेको कारोवार अनुसार .

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन  लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

 

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x