IME Life

अभिकर्ताको पेशा जोखिममा, बैंकले नै बीमा गरिदिने ? ऐनमा नै नभएको बैंकास्योरेन्सलाई प्रोत्साहित गर्दै बीमा समिति !

SPIL
NIC ASIA


अबका दिनमा अभिकर्ताको पेशा जोखिममा पर्ने देखिएको छ । बैंकहरुले नै धमाधम इन्स्योरेन्स गर्न थालेपछि बीमा कम्पनीका अभिकर्ताको जागिर चट हुने देखिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएका समाचार धमाधम आउँन थालेको छ । ऐनमा नै नभएको व्यवस्थाको बिषयमा प्रचार प्रसार गर्दा बीमा समितिमो ध्यान भने खिचिएको छैन । उल्टै मौन बसेर बंैकास्योरेन्स भनेर प्रचार प्रसार गर्न प्रेरित गरेको छ । समितिमा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक चिरञ्जीवी चापागाईको नियुक्ती पछि बैंकले बैंकास्योरेन्सका प्रचार प्रसार बढ्न थालेको छ ।

Prabhu
Crest

बीमा समितिले बैंकास्योरेन्स नीति ल्याएर अभिकर्तालाई सकेसम्म पन्छाउँन खोजेको देखिन्छ । अभिकर्ताले धेरै कमिशन र बोनश लिएको भन्दै समय समयमा हुने आन्दोलनलाई समेत नियन्त्रण गर्न समितिले बैंकास्योरेन्सको नीति अघि सारेको हो । तर, प्रस्तावित बीमा विद्येयक छलफलमा नै भएका कारण समितिले बैंकास्योरेन्स नीति ल्याउँन ढिलाई गरेको हो । उता अभिकर्ताहरु भने समितिले यस्तो नीति ल्याएमा लाईसेन्स सबै समितिमा बुझाउँने बताएका छन् ।

ऐनमा नै नभएको बैंकास्योरेन्सका कारण अहिले बैंकका कर्मचारी पनि तनाबमा परेका छन् । बैंकहरुले आफना कर्मचारीलाई बीमाको लक्ष्य दिन थालेपछि कर्मचारीहरु तनाबमा परेका हुन् । बैंकले बीमाको लक्ष्य प्राप्तीको लागी दैनिक तनाब दिने गरेको एक बैंकका कर्मचारीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS