सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा प्रदेश नं सातमा

सानिमा लाईफ इन्स्योरेन्सको शाखा प्रदेश नं सातमा विस्तार भएको छ । उक्त प्रदेशको अत्तरीया नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदबाट यस कम्पनीको अत्तरीयाशाखा कार्यालय रप्रदेश नं ७ लम्की नगरपालिका नगर प्रमुख महादेव बजगाईबाट यस कम्पनीको लम्कीशाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रदेश नं ७ दिपायल नगरपालिका नगर प्रमुख मन्जु मलाछीबाट दिपायल शाखा कार्यालयको उद्घाटन गरेको हो । प्रदेश नं ७ बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीबाट यस कम्पनीको बेलौरी शाखा कार्यालयको रिवन काटी उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिना, मुख्य प्रबन्धक गणेश चौलागाई समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार