SKIP THIS

Slicl

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक बीच बीमा सेवा सम्झौता


रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फ़बाट का.मु.प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद ढकाल तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात् ग्राहकहरुले रिलायबल लाईफ इन्स्योरेन्सकोे सेवा सुविधाहरु ग्लोबल आईएमई बैंक मार्फत पाउने भएका छन् । साथै बैंकका सबैै शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने आशा लिएको रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनील बताएका छन् ।

रिलायबल लाईफ इन्स्योरेन्सले हालसम्म विभिन्न १३ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार