साताको पहिलो दिन नेप्से १०.६८ अङ्कले घट्यो, कारोबार रकम ३४ करोड ३ लाख

साताको पहिले दिन नेप्से १० दशमलव ६८ अङ्कले घटेर ११६२ दशमलव ०९ अङ्कमा बन्द भएको छ । नेप्से दोहोरो अङ्कले घट्दा ३४ करोड ३ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।


सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीकोे भएको छ । जसको शेयर आज ३ करोड २४ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यस दिन सर्वा्धिक कमाउनेमा समाता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज ३ दशमलव ७८ प्रतिशतले वृद्धि गरेको छ । साथै सर्वा्धिक गुमाउनेमा छ्याङदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ५४ प्रतिशतले घटेको छ ।
सबै कम्पनीहरुमा गिरावट आएपनि, सबैभन्दा बढी घट्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ । जसको ९३ दशमलव ७५ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार