Prabhu Life Ad Final

छोरीको बीमा गर्दै सरकार

IME PAY

छोरी हुर्काउन /प्रोत्साहन गर्नका लागी प्रदेश २ को सरकारले बीमा योजना सार्वजनिक गरेको छ । सरकारले उक्त प्रदेशका ८ वटै जिल्लामा यो कार्यक्रम सुरु गर्ने भएको छ । यो योजना अनुसार छोरीहरुको जन्मने वित्तिकै २० बर्षे बीमा योजना प्रदान गरिनेछ । उक्त बीमा योजनाको बिंमाक रकम १ लाख रुपैयाँ रहेको छ ।

प्रदेश २ मा छोरीको शिक्षामा निकै कमजोर रहेकाले त्यसमा सुधार गर्न यो योजना ल्याइएको हो । पहिलो चरणमा यो योजना लागू गर्न नमुना स्थानीय तहको रुपमा पर्साको वीरगञ्ज महानगरपालिका, बाराको सुवर्णपुर गाउँपालिका, रौतहटको यमुनामाई नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको कमला नगरपालिका, सिरहाको औरही गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिकालाई छनोट गरिएको छ ।

NCHL

गरिब, दलित, मुस्लिम तथा विपन्न परिवारमा जन्मेका छोरीहरूका लागि पहिलो चरणमा स्थानीय तहको सिफारिशका आधारमा बीमा गरिने छ ।

सरकारले सार्वजनिक गरेको सय दिने योजनामा नै यो कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख थियो । यसका लागि प्रदेश सरकारले पहिलो चौमासिक बजेटमा ८० लाख रुपैयाँ विनियोजन गरेको थियो। तर त्यो बेलामा ९४ प्रतिशत रकम खर्च नै भएन । हाल यो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ८१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x