जनरल इन्स्योरेन्स र सिभिल बैंक बीच बीमा सेवा सम्झौता


जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड( जिआईसि नेपाल) र सिभिल बैंक लिमिटेड बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच माघ १० गते (बिहीबार) आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्ग र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।उक्त सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदानगर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार