कामना सेवा बैंकको ६४ औँ शाखा मोरङको उर्लाबारीमा

कामना सेवा विकास बैंकले ६४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नम्बर १ को मोरङको उर्लाबारीमा शाखा कार्यालय उद्घाटन गरेको हो ।

बैंकका सञ्चालक बलराम बराल र कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

काठमाडौं महानगरपालिका वार्ड न ३० ज्ञानेश्वर स्थित केन्द्रिय कार्यालय रहेको बैंकले विभिन्न भागहरुमा ६४ वटा शाखा र १७ वटा एटिएमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार